रतन टाटाको पछिल्लो लगानी विद्युतीय मोटरसाइकलमा | Khabarhub Khabarhub

रतन टाटाको पछिल्लो लगानी विद्युतीय मोटरसाइकलमा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टाटा सन्सका पूर्व चेयरम्यान रतन टाटाले विद्युतिय मोटरसाइकल उत्पादन गर्ने स्टार्टअप कम्पनी टर्क मोटरमा लगानी गरेका छन् । यद्यपि, भारतको पुर्णेमा रहेको टर्क मोटरमा रतन टाटाले कति रकम लगानी गरे भन्ने विषयमा भने केही खुलाईएको छैन ।

टर्क मोटरले आफ्नो पहिलो प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ‘टी६एक्स’ सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । टर्क मोटरले सन् २०१६ मा पहिलो पटक उक्त मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको थियो । तर, पछि आर्थिक समस्यामा कम्पनी फसेकाले उक्त मोटरसाइकल उत्पादनको काममा समस्या आएको थियो ।

अब भने टाटाले लगानी गरेसँगै कम्पनीले इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । कम्पनीले सुरुमा उक्त मोटरसाइकल पुर्णे र बैंगलोरमा बिक्री सुरु गर्ने जनाएको छ ।

कम्पनीले यसमा लिथियम आयन व्याट्रीको प्रयोग गरेको छ । यसको उच्चतम गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ भने एक पटकको फुल चार्जमा १०० किलोमिट गुडाउन सकिने कम्पनीले जनाएको छ । यसमा रहेका हरेक फिचरलाई मोबाइल फोनबाटै नियन्त्रण गर्न सकिने जनाइएको छ ।

लगानीको रकम नबताइए पनि रतन टाटाले यस विषयमा भने ‘टर्क मोटर टिमले निकै राम्रोसँग काम गरिरहेको र इलेक्ट्रीक सवारीसाधनमा हरेकले पाइला अगाडि बढाएको समयमा नयाँ टिमसँग जोडिन पाउँदा खुसी छु ।’

त्यस्तै, टर्क मोटरका सिइओ कपिल साल्केले भने ‘रतन टाटा जस्तो विश्व प्रसिद्ध व्यवसायीक व्यक्तित्वले आएर हाम्रो फ्याट्री भिजिट, उत्पादनको निरीक्षण र मोटरसाइकल चढेर हेरेसँगै लिएको डिसिजनबाट म लगायत हाम्रो टिम निकै उत्साहित छौं । यो उत्साहलाई कायम राख्दै हामी अघि बढ्ने छौं ।’ भविष्यमा उहाँ हाम्रो बोर्डमा बसेर काम गरे अझै हामीले त्यसबाट फाइदा लिन सक्नेछौं ।’

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १२ : ३४ बजे

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र