पूर्व राजा ज्ञानेन्द्रले लगाए बहिनीको हातबाट भाइटीका | Khabarhub Khabarhub

पूर्व राजा ज्ञानेन्द्रले लगाए बहिनीको हातबाट भाइटीका


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट भाइटीका लगाएका छन् ।

पूर्व राजा शाहले मंगलबार बिहान १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उनले त्यसअघि नै टीका लगाए । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको बताए । उनले भने, ‘आज कसैको कुरा काट्ने दिन होइन, आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’

त्यस्तै नेपाली राजनीतिक परिवर्तनप्रति पनि उनले संक्षिप्त टिप्पणी गर्दै भने,‘कुनै पनि परिवर्तन हुँदा दुईटा कुरा महत्वपूर्ण हुन्छ प्रवृत्ति र विकास । यो कुरा बुझिएन भने परिवर्तन हुँदैन । सर्वसाधारणले सरल र सहज ढंगले अनुभव गर्ने कुरा नै विकास हो ।’

त्यस्तै लक्ष्मीपूजाका दिन आफूले विशेष रुपमा देश र सम्पूर्ण नागरिकका लागि प्रार्थना गरेको बताउँदै उनले भने, ‘कति धन नहुनेले धन वृद्धिको प्रार्थना गरे होलान् तर मैले चाहिँ धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपालीपन पाओस् भनेर प्रार्थना गरेको थिएँ ।’ त्यहीँ दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको ‘सुख भनेको के हो ?’ भन्ने कुरा सम्झेको पनि उनले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १२ : ४६ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको