ट्रम्पविरुद्ध महाअभियोगको लागि भोटिङको तयारी « Khabarhub

ट्रम्पविरुद्ध महाअभियोगको लागि भोटिङको तयारी


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने छानबिनका क्रममा आउँदो बिहीबार संसदमा पहिलो औपचारिक मतदान हुने भएको छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउने छानबिनका क्रममा बिहीवार पहिलो औपचारिक मतदान गराउने बताएकी हुन् ।

ट्रम्प प्रशासनले केही ढाकछोप नगरेको कुरा सुनिश्चित गर्न पनि महाअभियोग आवश्यक रहेको वरिष्ठ डेमोक्र्याट पेलोसीले बताइन् ।

महाअभियोगले ह्वाइट हाउसले कुनै दस्तावेज लुकाउन सक्ने वा नसक्ने, कुनै निर्देशन टेर्ने अथवा नटेर्ने अथवा छानबिनमा प्रत्यक्षदर्शीलाई रोक्न सक्ने वा नसक्ने विषयमा रहेका द्विविधालाई अन्त्य गर्ने उनको भनाइ छ ।

रिपब्लिकन दलले चाहिँ डेमोक्र्याट नेतृत्वको महाअभियोग छानबिन प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन् ।

राजनीतिक प्रतिद्वन्द्वीमाथि छानबिन गर्न विदेशी सरकारहरूको डेमोक्र्याटहरूमाथि दबाब रहेको उनीहरूको आरोप छ।

बीबीसीका अनुसार अरू डेमोक्र्याटहरूलाई पठाएको एउटा पत्रमा पेलोसीले ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अगाडि बढाउन मतदान आवश्यक रहेकोमा जोड दिएकी छन्।

उनले संसद्‌का तीनवटा समितिबाट भइरहेका छानबिनलाई ट्रम्पले बेवास्ता गर्न नसक्ने कुरा सुनिश्चित गर्नुपर्ने समय पनि भएको उनले बताएकी छन्।

यसअघि अक्टोबर दोस्रो हप्तातिर ह्वाइट हाउसले डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाअभियोगको छानबिनलाई नसघाउने बताएको थियो ।

सो छानबिनलाई उसले दलीय पूर्वाग्रह पूर्ण तथा असंवैधानिक भनेको थियो ।

डेमोक्र्याटका वरिष्ठ नेताहरूलाई पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवम्‌ उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन् ।

सदनमा डेमोक्र्याटिक पार्टीका नेताको नेतृत्वमा रहेका तीनवटा समितिले राष्ट्रपतिमाथि अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  २ : ३२ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी