श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन « Khabarhub

श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।

निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा ४८ हजारभन्दा बढी कर्मचारी परिचालन हुनेछन् । निर्वाचन मतदान स्थलमा मात्र एक लाखभन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगका एक अधिकारीले बताए ।

जिल्लास्तरमा परिचालन हुने निर्वाचन अधिकृतहरुले मतदान स्थलमा खटिने अरु कर्मचारीको संख्याका बारेमा जानकारी लिने कार्य भइरहेको पनि आयोगले जनाएको छ ।

राष्ट्रपति पदका लागि हाल ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको सूची लामो भएकाले मतपत्र समेत २६ इन्चभन्दा लामो छ । श्रीलंकाको इतिहासमै राष्ट्रपतिका उम्मेदवारका लागि यतिलामो मतपत्र पहिलोपटक प्रयोग हुन लागेको हो ।

निर्वाचन आयोगले मतपत्र लामो भएकाले मतगणना स्थल पनि ठूलो बनाउनुपर्ने आवश्यकता महसुस गरेको जनाएको छ । आयोगका अनुसार यस पटकको चुनाव महंगो हुने देखिएको छ ।

यस पटकको चुनावमा करिब एक करोड मतदाता रहेका छन् । चुनावमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना उम्मेदवार बन्नु भएको छैन ।

श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । यस चुनावमा प्रधानमन्त्री रनिल विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका सजिथ प्रेमदासा र श्रीलंका पोदुजाना पेरामुना पार्टीका गोटाबाया राजापाक्षाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : ३५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको