जीपको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते | Khabarhub Khabarhub

जीपको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा६६प ९३८४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् । स्कुटरलाई ठक्कर दिने स्कोरपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ८ : ४५ बजे

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ