भ्रमण वर्षमा ‘भिडियो च्यालेञ्ज’ प्रतियोगिता हुने « Khabarhub

भ्रमण वर्षमा ‘भिडियो च्यालेञ्ज’ प्रतियोगिता हुने


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० एक महिनापछि शुरु हुँदैछ । अंग्रेजी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।

यो लक्ष्यलाई सार्थक तुल्याउन सरकार, निजी क्षेत्र सबैको सरोकार भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धन भईरहेको छ ।

भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटकलाई आकर्षण गर्न ‘वि विल राईज’ फाउण्डेशनले ‘भिडियो च्यालेञ्ज २०२०’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

देशका ओझेलमा रहेका पर्यटकीयस्थललाई उजागर गर्ने प्रयास स्वरुप फाउण्डेशनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भन्ने अभियानअन्तर्गत भिडियो च्यालेञ्ज प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपाल भ्रमण वर्ष सचिवालयमा आज आयोजित कार्यक्रममा दोस्रो चरणको भिडियो च्यालेञ्ज प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिइयो ।

फाउन्डेशनका कार्यक्रम संयोजक प्रभात रिमालका अनुसार प्रतियोगितामा सहभागिता जनाउन डिसेम्बर १ देखि भिडियो पठाउन सकिनेछ ।

सहभागीले महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, स्थानीय वेषभूषा, जातजातिको पहिचान, खानपान, कला संस्कृतिलगायतका विषयवस्तुलाई समेटेर पाँच मिनेटको भिडियो बनाउनुपर्नेछ ।

यसमा विभिन्न १० विधामा दिइने अवार्डका लागि ७० वटा भिडियो मनोनयन गरिनेछ । मनोनयमा परेकामध्ये उत्कृष्ट १० भिडियोलाई आगामी अप्रिल महिनामा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने जनाएको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच लाख, दोस्रोलाई तीन लाख, तेस्रोलाई दुई लाख र बाँकी सात विधामा एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा भ्रमण वष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको सन्दर्भमा देशभरका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार भई पर्यटक आकर्षण गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए।

उनले भ्रमण वर्षलाई देशको साझा अभियानको रुपमा मनाउन सबै क्षेत्रले आआफ्नो स्थानबाट सक्रिय योगदान गर्न जरुरी भएको उल्लेख गरे ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : २० बजे

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न