सागमा टेबलटेनिस– गुरु चेला एकै ‘कोर्ट’ मा खेल्दै « Khabarhub

सागमा टेबलटेनिस– गुरु चेला एकै ‘कोर्ट’ मा खेल्दै



काठमाडौं-यदि एउटा राष्ट्रिय टोलीको खेलाडीले कुनै क्लबको प्रशिक्षकको भूमिका निभाउनु परे उसले के सोच्छ होला ? आफ्ना हरेक खेलाडीलाई राष्ट्रिय खेलसम्म पुर्‍याउने ? अन्तर्राष्ट्रिय खेलसम्म पुर्‍याउने वा सँगै अन्तर्राष्ट्रिय खेल खेल्ने ?

माथिका प्रश्नको जवाफ दिन सक्ने खेलाडी र प्रशिक्षक हुन्, नेपाली राष्ट्रिय टेबल टेनिस टालीका अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्य ।

काठमाडौंमा हुन लागेको सागमा उनी खेलाडीका रुपमा कोर्टमा उत्रिदैछन् । यसअघिका संस्करणमा सहकर्मीसँगै कार्टमा उत्रिँदै आएका बज्राचार्यले यो बर्ष आफ्नै ‘चेला’हरुसँग कोर्ट सेयर गर्नेछन् ।

सागमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा लागि नेपालबाट १० जना खेलाडी छनोट भइसकेका छन् ।

सिक्का सुवाल श्रेष्ठ

त्यसमध्ये ४ जना पुरुषोत्तमकसहित सिक्का सुवाल श्रेष्ठ, दिक्षा तामाङ र संयोग कपाली छन् । दिक्षा, सिक्का र संयोग पुरुषोत्तमले प्रशिक्षण गरेका खेलाडी हुन् ।

पुरुषोत्तमले उनीहरुलाई ललितपुरको मान भवनस्थित आर्दश विद्या मन्दिर (एभिएम) लामो समयदेखि प्रशिक्षण गर्दै आएका छन् । एभिएम टेनिस क्लबमा प्रशिक्षण गर्दै आएका पुरुषोत्तम आफुले सिकाएका तीनजना खेलाडी आफुसँगै साग खेल्ने टोलीमा पर्नुलाई एक सपना पुरा भएको बताउँछन् ।

‘मैले सिकाएका खेलाडीहरु मसँगै साग खेल्ने टोलीमा पर्दा एकदमै खुसी महसुस भएको छ । मलाई अहिलेसम्मको योजना पुरा भएको महसुस भइरहेको छ,’ पुरुषोत्तमले भने,‘हामी यसका लागि योजनावद्धरुपमा अभ्यासमा लागेका थियो ।’

१८ बर्षदेखि एभिएममा प्रशिक्षण गराउँदै आएका पुरुषोत्तमले अहिलेसम्म दजनौं खेलाडीलाई टेबल टेनिस सिकाए । उनीहरु मध्ये धेरैले राष्ट्रिय टोलीसम्म पुग्ने प्रयास पनि गरे । तर, सफल हुन सकेनन् । त्यतिमात्रै होइन कति खेलाडी त देशमै टिक्न सकेनन् । विदेश पलायन भए ।

संयोग कपाली

सिक्का, दिक्षा र संयोगहरु लगातार मेहनत गरिरहँदा यो सफलता पाएको उनी बताउँछन् । ‘उनीहरु खेलमै डेडिकेटेड’ छन् । मेहनती र खेलमा रुचि पनि छ । यसलाई म आफ्नो एक लक्ष्य पुरा भएको ठान्दछु,’ पुरुषोत्तमले भने,‘सँगै टिममा परेका छौं । अब मेडल जित्न बाँकी छ ।’

एभिएमले विद्याथीहरुलाई खेलमा लगाउन निकै धेरै महेनत गरेको उनको भनाइ छ । एभिएमले खेलमा राम्रो गर्ने खेलाडीलाई छात्रवृती दिने, विभिन्न कार्यक्रममा सम्मान गर्ने र अन्तर्राष्टिय खेलमा जीत हात पार्दा नगदसहित सम्मान गर्ने गरेकाले पनि खेलाडीहरुलाई खेलमा लाग्न हौसला मिलेको हुनसक्ने पुरुषोत्तम बताउँछन् ।

आफुलाई टेबल टेनिस सिकाउने गुरुसँगै घरमै हुन लागेको सागमा कोर्ट उत्रिने योजनामा रहेकि सिक्का सुवाल श्रेष्ठले आफ्नो गुरुसँगै तीन जना एकै पटक खेल्ने बारे कहिलै नसोचेको बताइन् ।

करियरको अन्तिमतिर रहेका पुरुषोत्तमसँग अन्तराष्ट्रिय कोर्टमा मैदान उत्रिने सपना रहेपनि यति छिटै पुरा होला भनेन नसोचेको सिक्काले बताइन् ।

‘गुरुसँगै खेल्नेबारे सोचेकी पनि थिइन् । आफ्नो गुरु टोलीमा हुँदा निकै खुसी लागिरहेको छ,’ सिक्काले अगाडि थपिन्,‘गुरु करियरको अन्त्यतिर हुनुहुन्छ त्यसैले उहाँसँग खेल्ने सपना भने मनको कुनै कुनामा थियो । जुन यो सागले जुराइ दिएको छ ।’

नेपाली टेबल टेनिस टोलीमा दुई दशक विताएका पुरुषोत्तमले दुई संस्करणको एसियन गेम्स खेलिसकेका छन् भने सागमा यसअघि दुई संस्करण खेलिसकेका छन् भने तेस्रो सागमा लागि तयार छन् ।

दिक्षा तामाङ

पुरुषोत्तम सम्मिलित नेपाली टोलीले एघारौं र बाह्रौं संस्करणको सागमा नेपाललाई एक–एक कास्य जिताएका थिए ।

सिक्का र दिक्षाले एसियन च्याम्पियनसिप खेलिसकेका छन् । सिक्का, दिक्षा र संयोग एभिएममा एक–एक ‘ब्याज’ अघि पछाडिका हुन् । जसमा सिक्का एक बर्ष सिनियर हुन् भने दिक्षाभन्दा एक बर्ष जुनियर हुन् ।

सागमा नेपाली टोली स्वर्ण जित्ने लक्ष्यमा रहेको पुरुषोत्तम बताउँछन् । ‘लक्ष्य सागमा स्वर्ण जित्ने नै हो । तर, हेरौं अब के हुन्छ । म सिंगल्समा पनि सहभागी हुँदैछु । राम्रो गर्न सके खेल जीवनबाट टाढिने लक्ष्यमा छु,’ उनले खबरहबसँग भने ।

यता, सिक्का भने नेपाली टोलीलाई घरेलु मैदानमा भएको खेलमा स्वर्ण जित्नु अग्नि परीक्षा जस्तै रहेको बताउँछिन् ।

‘सागमा सहभागी अन्य टिमहरु पनि हामी जस्तै छन् । तर, उनीहरु अनुभवदेखि विभिन्न स्तरले हामीभन्दा बलियो हुनेभएकाले हामी जस्तो देशका खेलाडीलाई घरेलु मैदानमा स्वर्णको रक्षा गर्नु अग्नी परिक्षा जस्तै हो,’ सिक्काले भनिन् ।

सागमा नेपालबाट ५ जना पुरुष खेलाडी पुरुषोत्तम बज्राचार्य, स्यान्टु श्रेष्ठ, दिनेश खनिया, शिव सुन्दर गोथे र संयोग कपाली छन् ।

यस्तै, महिला तर्फ साग खेल्ने टोलीमा नमिता श्रेष्ठ, रविना मर्हजन, दिक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल श्रेष्ठ छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ०२ बजे

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा