उपनिर्वाचन– खानेपानी मन्त्री मगर र नेकपाकी उमेदवार भट्टराईले गरे मतदान « Khabarhub

उपनिर्वाचन– खानेपानी मन्त्री मगर र नेकपाकी उमेदवार भट्टराईले गरे मतदान


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको रिक्त ५२ पदका लागि अहिले मतदान जारी छ ।

शुक्रवार विहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाईले उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जानकारी दिए ।

कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ भने बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचनमा सबैको ध्यान कास्की क्षेत्र नम्बर २ मा रहेको छ । तत्कालिन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्रमा निर्वाचन भएको हो ।

निर्वाचनमा रवीन्द्र पत्नी विद्या भट्टराईलाई सत्तारुढ दल नेकपाले उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपाकी उम्मेदवार भट्टराईले पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेकी छिन् ।
त्यस्तै खानेपानीमन्त्री बीना मगरले कञ्चनपुको पुर्नवास नगरपालिका–३ मा भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा मतदान गरेकी छिन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ४८ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध