यसकारण कम खस्यो थवाङमा भोट « Khabarhub

यसकारण कम खस्यो थवाङमा भोट


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको थवाङ गाउँपालिका वडा १ को वडाध्यक्षका लागि शनिबार भएको मतदानमा न्यून मत खसेको छ ।

कुल मतदाता १२७४ रहेकोमा जम्मा २०९ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए । यो भनेको जम्मा करीब १६ प्रतिशत हो ।

यसअघिको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाका फर्कबहादुर बुढाले जितेका थिए । यो पटकको चुनावमा पनि विप्लव निकटका उम्मेदवारले मनोनयन दर्ता गरेका थिए तर पछि सर्वसम्मत हुन नसकेको भन्दै उनले उम्मेदवारी फिर्ता लिए ।

विप्लव नेकपाले बहिष्कार गरेका कारण उपनिर्वाचनमा कम मतदान भएको हो । उक्त क्षेत्र विप्लवको प्रभाव क्षेत्रको रुपमा लिइन्छ ।

निर्वाचनका समयमा थवाङ चर्चामा रहने गरेको छ । कहिले थवाङमा एक भोट पनि खस्दैन भने कहिले एउटै उम्मेदवारले शत प्रतिशत मत पाउँछ । ०६४ सालको निर्वाचनमा थवाङमा प्रचण्डले शतप्रतिशत मत पाएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ५५ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध