इंग्लिस प्रिमियर लिग फुटबलः अपराजित रहँदै लिभरपुलले बनायो १३ अंकको अग्रता | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबलः अपराजित रहँदै लिभरपुलले बनायो १३ अंकको अग्रता


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले अपराजित यात्रालाई जारी राख्दै १३ अंकको अग्रता बनाएको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई जारी राखेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे ।

लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ । लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ । लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दा अन्य सबै खेल जितेको छ ।

दोस्रो स्थानको लेष्टर सिटीको ४२ अंक रहेको छ । पराजित वुल्भ्स ३० अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ०० बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।