यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, बुधवार पानी पर्ने सम्भावना « Khabarhub

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, बुधवार पानी पर्ने सम्भावना


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको उसले नाएक छ । उपत्यकामा चिसो बढेको छ भने हिमाली क्षेत्रको तापक्रम निकै घटेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १४ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने देखिन्छ।

राती : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

पौष १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भू-भागमा हल्का वर्षाको संभाबना रहेको छ। उच्च पहाडी र हिमाली भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पनि हुने संभाबना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ३० बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा