अमेरिकी हवाई आक्रमणमा इराक र सिरियामा १८ जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकी हवाई आक्रमणमा इराक र सिरियामा १८ जनाको मृत्यु


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित लडाकु शिविरमा आक्रमण गरेको छ ।

कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ ।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए ।

समाचारसंस्था रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ ।

इराकका सुरक्षा निकाय तथा लडाकुहरूले रोएटर्सलाई बताएअनुसार कम्तीमा १८ लडाकुको मृत्यु भएको छ । तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ४७ बजे

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार