सामान्यतयाः १ वर्षमा बच्चाले बोल्छन्, नबोले के गर्ने ? | Khabarhub Khabarhub

सामान्यतयाः १ वर्षमा बच्चाले बोल्छन्, नबोले के गर्ने ?


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मानसिक तथा शारीरिक विकास क्रमको एक महत्वपूर्ण पाटो हो– भाषा तथा बोली विकास । शारीरीक विकाशसंगै बोलीको पनि विकास हुने भएकाले मानिसहरुबीच भावना व्यक्त गर्ने भरपर्दाे माध्यम बोली नै मानिन्छ ।

सामान्यतया बच्चाहरुमा १ बर्षको उमेरपछि बोली फुट्ने हुन्छ । हुनत ६ महिनाको उमेरदेखि नै बच्चाहरु उम्, आ, आँ लगायतका आवाजमा आफ्नो भावना पोख्ने गर्दछन् । ९ महिनाको उमेरसम्म आइपुग्दा बच्चाले बाबा, पापा, मामा जस्ता सहज शब्दहरु तोतेबोलीमा बोल्न थाल्दछन् । १ वर्षको भएपछि औसत बच्चाहरु अन्य सहज शब्दहरु बोल्न थाल्दछन् ।

यस बीचमा बच्चाहरुको बोली उनका अभिभावकको संगतमा भर पर्दछ । बच्चाहरुले बोली सिक्ने उमेर ३/४ बर्षको उमेरसम्म रहन्छ । तर कतिपय बच्चाहरु अन्य आम बच्चा झै उमेर अनुसार बोलेनन् भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ ।

किन हुँदैन बच्चामा बोलीको विकास ?

सामान्यतया बच्चाहरु १ वर्षको उमेरबाट बोल्न थाल्ने भएकाले यदी कुनै बच्चा १ बर्षसम्म सहज बोली मामा, आमा, बाबा जस्ता शब्दहरु पनि बोल्न सक्दैन भने यसलाई समस्या मानिन्छ ।

यस प्रकारको समस्यालाई उमेर अनुसारको बोलीको विकास नभएको भन्ने गरिन्छ । तर बच्चामा बोलीको विकाश नुहनुको मुख्य कारण भनेको बच्चामा सुनाईको कमी हो । सुन्न नसक्ने बच्चाको बोलीको विकास हु“दैन ।

बोलीको विकासको लागि बच्चाले सुन्न अत्याश्यक हुन्छ । बच्चाको बोली विकाश नहुनुमा बच्चा जन्मदा भएका समस्याहरु जस्तै  उमेर नपुगी जन्मने, नवजात उमेरमा संक्रमण हुने, कतै ठोक्किने र बोली सक्रिय बनाउने अंगको विकाश नहुने कारणले हुन सक्छ ।

यस्ता समस्या भएमा चिकित्सकको अनिवार्य सल्लाह लिनुपर्छ ।

बच्चाको बोली विकासमा अभिभावकको भूमिका

बच्चाको बोली विकाशमा सबैभन्दा ठूलो भूमिका भनेको अभिभावकको हुने गर्दछ । बोली विकासका लागी बच्चाले सुन्न आवश्यक हुन्छ । जसका लागि अभिभावकले बच्चाको कुरा उत्सुकतापूर्वक सुन्ने र क्रमशः त्यसलाई सहज हुने गरी बोलेर सुनाउनुपर्छ ।

बच्चाहरुले त्यही बोलीलाई अनुशरण गर्दै बोल्ने बानीको विकास गर्छन् । यतिमात्र होइन, अभिभावकले बच्चासँग बोल्न झर्काे मान्नु हुँदैन । किनकी अभिभावकसँगको कुराकानीका कारणले नै बच्चामा बोलीको विकास हुन्छ । यसका साथै बच्चाले बोल्न थालेपछि उनीहरुको कुरा धैर्यतापूर्वक सुन्ने र बच्चालाई बोल्न र सिक्न प्रोत्साहन गर्नुपर्दछ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : ३२ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य