चितवनमा २ जना चिनियाँ पक्राउ, ह्याकिङमा संलग्न भएको आशंका « Khabarhub

चितवनमा २ जना चिनियाँ पक्राउ, ह्याकिङमा संलग्न भएको आशंका


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन प्रहरीले साइबर अपराध तथा ह्याकिङमा संलग्न भएको आंशकामा २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केही दिन अगाडि चितवनको भरतपुरस्थित द फर्न रेसिडेन्सी (होटेल सिजी)बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

डिएसपी कोइरालाले २ जना चिनियाँमाथि अहिले अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

चितवन प्रहरी स्रोतले भने २ जना चिनियाँले चितवनमा वैदेशिक लगानी भित्र्याउने भन्दै विभिन्न व्यक्तिसँग ‘डिल’ गरिरहेका थिए ।

चिनियाँ नागरिकको सम्पर्कमा आएका व्यक्तिले उनीहरुको व्यवहार शंकास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरु साइबर अपराधमा संलग्न भएको संकेत देखिएपछि नियन्त्रणमा लिइएको चितवन प्रहरीका एक अधिकारीले जानकारी दिए ।

प्रहरीले अघिल्लो साता मात्रै काठमाडौंबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

नेपालमा बसेर आफ्नै देशविरुद्ध अपराध गरिरहेको अभियोगमा प्रहरीले ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ गरेको थियो ।

पछिल्लो समय चिनियाँ नागरिकहरु नेपालमा आएर बैंक ह्याकिङलगायतका साइबर अपराधमा संलग्न हुने गरेको देखिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ५५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा