चितवनमा २ जना चिनियाँ पक्राउ, ह्याकिङमा संलग्न भएको आशंका « Khabarhub

चितवनमा २ जना चिनियाँ पक्राउ, ह्याकिङमा संलग्न भएको आशंका


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन प्रहरीले साइबर अपराध तथा ह्याकिङमा संलग्न भएको आंशकामा २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केही दिन अगाडि चितवनको भरतपुरस्थित द फर्न रेसिडेन्सी (होटेल सिजी)बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

डिएसपी कोइरालाले २ जना चिनियाँमाथि अहिले अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

चितवन प्रहरी स्रोतले भने २ जना चिनियाँले चितवनमा वैदेशिक लगानी भित्र्याउने भन्दै विभिन्न व्यक्तिसँग ‘डिल’ गरिरहेका थिए ।

चिनियाँ नागरिकको सम्पर्कमा आएका व्यक्तिले उनीहरुको व्यवहार शंकास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरु साइबर अपराधमा संलग्न भएको संकेत देखिएपछि नियन्त्रणमा लिइएको चितवन प्रहरीका एक अधिकारीले जानकारी दिए ।

प्रहरीले अघिल्लो साता मात्रै काठमाडौंबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

नेपालमा बसेर आफ्नै देशविरुद्ध अपराध गरिरहेको अभियोगमा प्रहरीले ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ गरेको थियो ।

पछिल्लो समय चिनियाँ नागरिकहरु नेपालमा आएर बैंक ह्याकिङलगायतका साइबर अपराधमा संलग्न हुने गरेको देखिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि