विप्लव समूहका मोरङ प्रमुखसहित तीन जना पक्राउ « Khabarhub

विप्लव समूहका मोरङ प्रमुखसहित तीन जना पक्राउ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ–जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाई विप्लव समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरिएको उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : २६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित