दोब्बरले बढ्यो सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशि « Khabarhub

दोब्बरले बढ्यो सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशि


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनमा विगतमा विजेतालाई १ लाख दिने गरिएकोमा यस वर्षबाट विजेतालाई २ लाख पुरस्कार प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १ लाख, ७५ हजार र  १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

दक्षिण एशियाली मुलुकबाट व्यावसायिक धावकको सहभागिता वृद्धि गर्ने उद्देश्यले पुरस्कार राशिमा वृद्धि गरिएको संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताले पोखरामा खेल पर्यटनको प्रवर्द्धन तथा नेपाल भ्रमण वर्ष २०२० सघाउने पनि अध्यक्ष गुरुङको भनाइ छ ।

प्रतियोगितामा पुरुष तथा महिला १० किमी दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः  १५, १० र ५ हजार प्रदान गरिनेछ ।

पाँच किमी छात्र/छात्रा दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार र ४ हजार दिइनेछ । ह्विलचियर पुरुष तथा महिला र दृष्टिविहीन पुरुष तथा महिला दौडमा प्रथम, द्वितीय र तृतीयलाई ५, ३ र २ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १ : ३१ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।