‘सिद्धबाबा’लाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश « Khabarhub

‘सिद्धबाबा’लाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश जारी गरेको छ ।

सोमबार(आज) सकिएको थुकछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाइ धराैटीमा छाड्न आदेश दिएको हो ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।

प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  २ : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख

आज २०८३ साल वैशाख ६ गते आइतबारको राशिफल 

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा