कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सँगै एमडीजीपीको पढाइ « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सँगै एमडीजीपीको पढाइ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुरु योजनाका लागि ६ अर्व बजेट पारित भएको छ । प्रतिष्ठानको सोमबार बालुवाटारमा बसेको सिनेट बैठकले प्रतिष्ठानको विकासका लागि तयार पारेको गुरुयोजनाका लागि ६ अर्वको बजेट पारित गरेको हो ।

बैठकमा ५ वर्षभित्रमा सपन्न हुने गरी १ हजार २ सय रोपनीमा निर्माण हुने प्रतिष्ठानको संरचनामा छुट्टै एमबीबीएस भवन, चिकित्सक तथा कर्मचारीको आवास, खेल मैदान लगायतको संरचना निर्माण गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

बैठकले यसै वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सँगै एमडीजीपी, एमएस, अर्थोपेडिक्स, गाइनो, पेडियाट्रिक्स लगायतमा स्नातकोत्तरका कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै  प्रतिष्ठान छनौट समितिको अध्यक्षमा प्राडा गणेश गुरुङ र  सदस्यमा डा तरुण पौडेललाइ नियुक्त गर्ने निर्णय गरेकाे छ ।

 

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ५ : १२ बजे

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

काठमाडौं– ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन

‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक सार्वजनिक, अर्थमन्त्रीले गरे विमोचन

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज सेजनले ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्‍लेको