चितवन मेडिकल कलेजमा सुल्झिएन शुल्कको समस्या, विद्यार्थीसँगै अभिभावक आन्दोलनमा | Khabarhub Khabarhub

चितवन मेडिकल कलेजमा सुल्झिएन शुल्कको समस्या, विद्यार्थीसँगै अभिभावक आन्दोलनमा


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुल्कको विषयलाई लिएर विद्यार्थीहरु लामो समयदेखि गरको आन्दोलनपछि गत मंसिर १० गते शिक्षा मन्त्रालयमा सरकार र मेडिकल कलेज सञ्चालकबीच शुल्क फिर्ता गर्ने विषयमा सहमति भयो ।

सरकारसँग भएको सहमतिमा निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्ने  जनाए । सरकार र निजी मेडिकल कलेजबीच शुल्क फिर्ताको सहमति भएको एक महिना पूरा भइसकेको छ ।

सहमति भएको एक महिना बित्दा पनि  चितवन मेडिकल कलेजले विद्यार्थीहरुसँग लिएको बढी शुल्क फिर्ता गरेको छैन । शुल्क फिर्ना नभएपछि विद्यार्थीहरुको आन्दोलनमा अभिभावकहरुले पनि साथ दिएका छन् ।

सहमतिपछि मंसिर २८ गते शुल्क समायोजन सम्बन्धमा चितवन मेडिकल कलेजले सूचना जारी गरेको थियो । सो सूचनामा चितवन मेडिकल कलेजले प्रथम र दोस्रो वर्षका एमबीबीएस र बीडीएसका विद्यार्थीको शुल्क समायोजन गर्ने जनाएको थियो । तर, उक्त समायोजन  ‘कागजमा मात्र लागू भएको’ भन्दै पुनः विद्यार्थीहरुले विरोध शुरु गरेका हुन् ।

आन्दोलनकै क्रममा विद्यार्थीहरुले मंसिर २० गतेदेखि शुरु भएको एमबीबीएस, बीडीएस लगायतको स्तनाक तह प्रथम वर्षको सबै परीक्षा वहिष्कार गरे । अहिले  अभिभावक पनि विद्यार्थीको आन्दोलनमा सामेल भएका छन् ।

अभिभावकहरुले  मेडिकल कलेजले गरेको सहमतिअनुसार शुल्क फिर्ताको प्रक्रिया अझै शुरु नभएको गुनासो गरेका छन् ।

‘चितवन मेडिकल कलेजले समायोजनमा जाने भनेको थियो तर अहिलेसम्म समायोजन भएको छैन,’ चितवन मेडिकल कलेजका विद्यार्थी प्रकाश चन्दले भने, ‘माग पूरा नभएसम्म आन्दोलन रोकिएको छैन ।’

एमबीबीएस, बीडीएस लगायत प्रथम वर्षको परीक्षा बहिष्कार गरेका विद्यार्थीहरुले शुल्क फिर्ता नभए दोस्रो वर्षको परीक्षा समेत बहिष्कार गर्ने  चेतावनी दिएका छन् ।

विद्यार्थी प्रकाश चन्दले आफूलाई विप्लवको छोरा भनेर जोडिनु गलत भएको भन्दै मेडिकल शिक्षा सुधारका लागि आफू लडेको बताए ।

‘यहाँ विप्लवको छोराले आन्दोलन गरेको होइन,’ चन्दले भने, ‘यो आरोपको म खण्डन गर्न चाहन्छु । हाम्रो विषय मेडिकल शिक्षा शुल्कको हो ।’

शुल्क फिर्ताको प्रक्रिया शुरु नभएको भन्दै चितवन मेडिकल कलेजका केही विद्यार्थी र उनीहरुका अभिभावक सोमबार काठमाडौं आएका छन्। उनीहरुले शिक्षा मन्त्री गिरीराजमणि पोखरेललाई भेटेर शुल्क फिर्ता नभएको गुनासो पोखेका छन् ।

मन्त्री पोखरेलले विद्यार्थीका माग जायज रहेको भन्दै मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारबाही गरेरै शुल्क भराइने अश्वासन दिए ।

‘विद्यार्थीहरुको वार्षिक परीक्षा समेत प्रभावित भएको छ, मेडिकल कलेजले बढी शुल्क लिएका हौं भन्दै स्वीकार गरेर विद्यार्थीहरुलाई शुल्क फिर्ता लिन बोलाए हामी भोलि नै लिन जान्छौं,’ पीडित विद्यार्थीका अभिभावक महेश अधिकारीले भने, ‘तर खै शुल्क फिर्ता लिन आउ भनेर हामीलाई खबर आएको छैन । यो समस्या झन जटिल बन्दै गएको छ, शुल्क फिर्ता नभएसम्म हामी चुप लागेर बस्दैनौं ।’

उनले सरकारले शुल्क फिर्ता गराउला भन्ने आसा लिए पनि सरकारबाट आसालाग्दो परिणाम नआएको गुनासो पोखे । छोराछोरीको भविष्यमाथि खेलवाड नगर्न सरकार र मेडिकल कलेजलाई उनले आग्रह गरे ।

मेडिकल कलेजहरुले सरकारसँग शुल्क फिर्ता गर्ने सहमति गरेपनि चितवन मेडिकल कलेजले शुल्क फिर्ता नगरेको चिकित्सा शिक्षा संर्घष समितिका प्रवक्ता नरेश भट्टले बताए ।

‘हिजो सरकारबाट प्रथम र दोस्रो वर्षको समायोजन हुने भनेर सरकारको निर्देशन आइसक्दा पनि चितवना मेडिकल कलेजमा एक जना विद्यार्थीको पनि समायोजनको विवरण आएको छैन,’ समितिका प्रवक्ता भट्टले भने, ‘सरकारले नै बोलिसक्दा पनि त्यहाँका प्रमुख हरिशचन्द्र न्यौपानेले किन शुल्क फिर्ता गर्दैनन् ? तेस्रो र चौथो वर्षका विद्यार्थीसँग ६२ लाखसम्म लिइएको छ, एउटा पाकेटमारले २ रुपैयाँ पर्सबाट चोरेर लग्दा उसलाई जेल हालिन्छ भने खुलेआम लुट्नेहरुलाई किन जेल हाल्दैनन् ?’

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ०३ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको