मिडियाले सही सूचना प्रवाहमा जोड दिनुपर्छः सञ्चारमन्त्री बाँस्कोटा « Khabarhub

मिडियाले सही सूचना प्रवाहमा जोड दिनुपर्छः सञ्चारमन्त्री बाँस्कोटा


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको आवाजलाई निष्पक्ष तरिकाले सही रुपमा सूचना प्रवाह गर्नमा मिडियाले जोड दिनुपर्ने बताएका छन् ।

कैलालीको लम्की चुहा नगरपालिकामा ‘लम्की एफएम’को आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मिडियालाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न आग्रह गरेका हुन् । सरकारले मिडियालाई सुरक्षा प्रदान गर्ने भएकाले यसले आफ्नो दायित्वसमेत पूरा गर्नुपर्ने मा उनले जोड दिए ।

‘‘भ्रष्टाचार अन्त्यको कुरा आइरहेको छ, भ्रष्टाचार जसले गरेको भए पनि कारवाही हुनैपर्छ’’, सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘‘भ्रष्टाचार गरेको पाइएमा जोसुकैलाई पनि सबैले लखेट्नुपर्छ ।’’

सरकारका प्रवक्ता बाँस्कोटाले सुदूरपश्चिमलाई छाउपडी प्रथाको प्रदेश भनेर चिनिन नदिन सञ्चारकर्मीले सहयोग गर्नुपर्ने बताउँदै स्थानीय तहले छाउप्रथा मान्ने र मान्न लगाउने जो कोहीको घरको सामाजिक सुरक्षा भत्ता कटौती गरेमा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘‘परिणाम देखिनेगरी स्थानीय सरकारले काम गर्नुपर्छ ’’, उनले भने, ‘‘स्थानीय सरकारको प्रयासविना छाउप्रथा निराकरण गर्न सकिँदैन ।’’

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १० : ४५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि