माउ नपाएका गाउँ : मान्छे एक, परिचय दुई, सरकारी सुविधाबाट बञ्चित « Khabarhub

माउ नपाएका गाउँ : मान्छे एक, परिचय दुई, सरकारी सुविधाबाट बञ्चित


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उदयपुर र सिरहाका केही गाउँका बासिन्दा आफूहरूलाई कुन जिल्लाको हो भनी छुट्याउन सक्दैनन्। कारण हो, सीमा विवाद। प्रदेश १ मा पर्छ उदयपुर। सिरहा भने प्रदेश २ को जिल्ला हो।

सिरहाको लहान नगरपालिका–१६ र उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित आरिदमार, आहाले, बर्दमार, टाडे, देउराली, धाव्रे, सोलुढुंगा, ढुंग्रे, नागबेली, रुम्जाटार, भसुवा, भुमरे, मतिटारलगायत चुरेका गाउँ सीमा विवादको भुमरीमा फसेका छन्।

दुवै जिल्लाले ऐतिहासिक कारण देखाउँदै यी गाउँ आफ्नो दाबी गर्दै आएका छन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले समस्या जटिल बनेको छ। प्रविधिको प्रयोग गरी कुन जिल्लाको भूगोल हो भन्ने यकिन गर्ने भनिए पनि हालसम्म सीमा छुट्याउन प्रविधि प्रयोग हुन सकेको छैन। लहान नगरपालिकाले नक्सालाई आधार मान्दै भूगोलसम्बन्धी यन्त्रबाट पहिचान गरेर यी गाउँ आफ्नो भएको दाबी गरेको छ। तर समस्या समाधान गर्न कसैले तत्परता देखाएका छैनन्।

राजनीतिक समस्या भएकाले राजनीतिक तवरबाटै समाधान खोजिनुपर्ने स्थानीयको भनाइ छ। उदयपुर पक्षले २०३२ सालअघि पञ्चावती चुरे क्षेत्रअन्तर्गत रहेको दाबी गरेको छ भने सिरहाले पुरानो तरिगाना गोविन्दपुर गाविसमा रहेको दाबी गरेको छ। २०२८ सालमा नापी भएको स्थानका अधिकांश जग्गाधनीले उदयपुरबाट पुर्जा बनाएका छन्। नागरिकता भने अनुकूल हेरी दुवै जिल्लाबाट बनेको स्थानीयको भनाइ छ। जसका कारण उनीहरु सरकारी सुविधा लिनबाट बञ्चित रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

उबेलका प्रचण्ड शीर्षकको समाचारमा ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्— शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे ।

खड्गीको परिवार बेरोजगार थियो । त्यसैले गहना बेचेर उनले चिया पसल खोलिन् । पसल खालेको केही वर्षपछि पुष्पकमल दाहाल नियमितजसो आउन थाले यहाँ । ‘रङ कडा, चिनी कम भएको दूध हालेकै चिया रुचाउँथे दाहाल’, खड्गी भन्छिन्, ‘दाहालपत्नी सीता पनि आउँथिन् । दुवैले दूध चिया रुचाउँथे । उनका छोरा प्रकाश र छोरीहरू भने आक्कलझुक्कल मात्रै देखिन्थे । खासै चिया खाँदैनथे ।’

दाहाल चिया पिउँदै राजनीतिक गफ गर्थे । चासोसाथ पत्रपत्रिका पढ्थे । राजनीतिक परिवर्तनका बहस गर्थे । घोत्लिइरहन्थे । तर उनी एकाएक गायब भए ।

एकाएक हराउने व्यक्ति दाहाल हुन् भन्ने थाहा थिएन, ५६ वर्षीय खड्गीलाई । त्यसैले त उनी चिया खान आउन छाडेकोमा उनलाई खासै वास्ता पनि लागेन । तर जब पत्रपत्रिकामा उनको तस्बिर छापियो, त्यसपछि भने उनलाई अचम्म लाग्यो । ‘विभिन्न पत्रपत्रिकामा समाचार छापिन थालेपछि मात्रै चिया खान आउने दाहाल रहेछन् भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘त्यति बेला अचम्म लाग्याथ्यो ।’

उनको मस्तिष्कमा त्यो बेलाका दाहालको आकृति, वेशभूषा, भावभंगिमा स्पष्ट छ । त्यो बेलाको सम्झना गर्दै भनिन्, ‘त्यति बेला पनि दाहालले अहिलेको जस्तै कपाल मिलाउँथे ।’

दाहाल नरम बोल्थे । भेदभाव गर्दैनथे । लाएको गुन नबिर्सने खालका थिए । प्रत्येक दिन आउँथे । चियासँगै चुरोट तान्थे । सीता मिजासिली थिइन् । राम्रो बोल्थिन् । कहिलेकाहीँ आपत्मा दुईचार सय लिनेदिने पनि गर्थिन् । दुःखसुखका कुरा हुन्थे । खड्गीलाई बहिनी भन्थिन् । खुब माया गर्थिन् । उनीहरूसँगै चिया पसलमा सँगै आउने डा. बाबुराम भट्टराईबाहेक खड्गीले अरूलाई भने चिन्दिनन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : १४ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट