फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल « Khabarhub

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल हुँदैछन्। मंगलबार राति र बुधबार बिहान हुने खेलमा साविक विजेता अर्जेन्टिना र उपविजेता फ्रान्ससहितका टोली मैदान उत्रिँदैछन्।

लगातार दुई पटक फाइनलमा पुगेको फ्रान्सले राति १२ः ४५ बजे अफ्रिकन टोली सेनेगलको सामना गर्दैछ। सेनेगल र फ्रान्स २४ वर्षपछि भिड्न लागेका हुन्। यसअघि सन् २००२ को विश्वकपमा सेनेगलसँग १–० ले पराजित हुँदा फ्रान्स समूह चरणबाटै बाहिरिएको थियो।

आज राति मैदान उत्रिँदा फ्रान्स त्यो हारलाई बिर्साउने प्रयासमा हुनेछ। फ्रान्स २००२ को उदघाटन खेलमा ब्यहोरेको हारको बदला न्यूयोर्कको न्यू जर्सी रंगशालामा लिन चाहन्छ।

युरोपेली छनोट पार गर्दै विश्वकपमा पुगेको फ्रान्सको लक्ष्य तेस्रो पटक फाइनल पुग्दै डेसच्याम्पको नेतृत्वमा दोस्रो उपाधि उचाल्दै इतिहास लेख्ने हुनेछ। सेनेलेगल पनि यसअघि कतार विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले खेलअघि भनेका, ‘राम्रो सुरुवात गर्नु धेरै महत्वपुर्ण हुन्छ। तर यही खेल निर्णायक भने होइन, अझै दुई खेल खेल्न बाँकी हुनेछ। तथ्यांकको हिसावले पनि पछिल्ला विश्व च्याम्पियनलेृ पहिलो खेल हारेका छन् र उनीहरुलाई विश्व च्याम्पियन बन्नबाट राक्न सकेन। तर यो आदर्श मात्रै हो। चार टोलीको समूहमा जितबाट सुरु गर्नु नै उत्तम हो। यो हाम्रो उदेश्य पनि हो।’

सेनेगलका प्रशिक्षक पेप थियावले फ्रान्सले जित्ने उदेश्यले मैदान उत्रिने बताएका छन्।

‘सेनेगलले फ्रान्सलाई हराउनु मेरो लागि आश्चर्य हुनेछैन। हाम्रो टोलीमा विश्वस्तरीय खेलाडीहरु छन्। हामी लगातार तीन विश्वकपमा छनोट भएका छौँ। अफ्रिकन कपमा पनि हामी चार मध्ये तीन फाइनलमा पुगेका छौँ। त्यसैले मेरो लागि यो आश्चर्यको कुरा हुनेछैन। मलाई थाहा छ मेरो टोली कति कडा मेहनत गर्छ। हामी एक पटकमा एउटा टोलीसँग खेल्छौँ। यो विश्वकप हो र मलाई विश्वास छ कि यहाँका हरेक टोलीले आफ्नो स्थान बनाएका छन्। फुटबलमा मलाई आश्चर्यका बारेमा कुरा गर्न मन पर्दैन। टोलीले यहाँ आउन कडा मेहनत गरेका छन्। तर हामी जित्ने उदेश्यले नै हरेक खेल खेल्नेछौँ’, पेप थियावले भने।

फ्रान्सले आफ्ना पछिल्ला पाँच खेल मध्य चारमा जित हात पार्दा आइभरीकोस्टसँग पराजित भएको थियो। समान खेलमा सेनेगल अमेरिका र मोरक्कोसँग पराजि हुँदा साउदी अरेवियासँग बराबरी खेलेको थियो। जाम्बिया र पेरुलाई भने पराजित गरेको थियो।

बुधबार बिहान ३ः४५ बजे इराक र नर्वे, ६ः४५ बजे अर्जेन्टिना र अल्जेरिया तथा ९ः४५ मा अष्ट्रिया र जोर्डन भिड्नेछन्।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १० : ५५ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता