आठौं राष्ट्रिय खेलकुद : उद्घाटनअघि नै प्रतिस्पर्धा शुरु ! | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुद : उद्घाटनअघि नै प्रतिस्पर्धा शुरु !


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बृहत आठौं राष्ट्रिय खेलकुद अन्तर्गत खेलाडीहरुले ३५ स्पर्धामा प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेलन गरी प्रतियोगितामा ३५ स्पर्धामा ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।

राष्ट्रिय खेलकुद् परिषद् (राखेप) सदस्य सचिव केशब कुमार बिष्टले प्रतियोगिता बैशाख ५ गते उद्घाटन हुने भएपनि ३५ मध्ये कतिपय खेलहरु चैत २७ गतेदेखि सुरु हुने तालिका रहेको बताएका छन् ।

शुक्रबार बसेको राखेप बोर्ड बैठकले प्रतियोगिता बैशाख ५ गते उद्घाटन गर्ने र ११ गते समापन गर्ने निर्णय गरेको थियो । त्यस्तै, बैठकले कतिपय खेललाई २०७५ सालमा शूरु गर्ने निर्णय पनि गरेको थियो ।

सार्वजनिक तालिकाअनुसार ५ खेल चैत २७ गतेदेखि सुरु हुनेछन् । जसमा ब्यानट्मिन्टन, बास्केटबल (पुरुष), हक्की (पुरुष), स्क्वास (पुरुष, महिला) र प्याराग्लाइडिङ रहेका छन् ।

आठौं राष्ट्रिय खेलकुद गएको मंसिरदेखि पछि सर्दै बैशाखसम्म आइपुग्दा विभिन्न समय मिति घोषणाका कामहरु भएका थिए । माघ, फागुन हुँदै बैशाखमा आयोजना भइरहँदा नेपालगञ्जजस्तो गर्मीमा खेलाडीलाई खेल्न भने निकै कठिनाइ हुने निश्चित छ । यद्यपी राखेप सदस्य सचिव बिष्टले २५ डिग्री भन्दा बढी तापक्रम भएको खण्डमा खेल नखेलाउने बताएका छन् ।

उनले दिउँसो हुने खेलबाहेक अन्य खेलहरुलाई बिहान र बेलुकी सिफ्ट अनुसार खेलाउने बताएका छन् ।

उनले भने, “हामीले मौसमलाई त रोक्न सक्दैनौं । त्यसो भएकाले हामीले समय व्यवस्थापन गरेका छौं । गर्मी भएपनि बिहान १० बजेसम्म र बेलुका ४ बजेपछि खेलहरु खेलाइनेछ । तर, दिउँसो हुने फुटबल, क्रिकेट लगायतका खेलबाहेक अन्य खेललाई बिहान बेलुका तापक्रम हेरी दुई सिफ्टमा खेलाउने योजना छ ।”

यस्तै, अहिलेसम्म भौतिकपूर्धार निर्माण सम्पन्न नभएकाले प्रतियोगिता आयोजनाको मिति घोषणा हुँदै सर्दै आएको थियो । तर, अब चैत २५ गतेभित्रै सबै सञ्रचनाहरु निर्माण भइसक्ने पनि बिष्टले बताए ।
प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यी हुने प्रतियोगितामा अमाठौंमा सहभागी खेल

फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, तेक्वान्दो, टेबल टेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हकी, सुटिङ, जिम्न्याष्टिक, साईकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन, एथ्लेटिक्स, फुल कन्ट्याक्ट कराँते, ब्याटमिन्टन, बास्केटबल, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, सफ्ट टेनिस, लन टेनिस, कबड्डी, बुद्विचाल, खोखो, सेपाकताक्रो, स्क्वास, प्याराग्याईडिङ, कुस्ती र गल्फ

कुन खेल कुन जिल्लामा

बाँके— फुटबल पुरुष, बक्सिङ, भारत्तोलन, भलिबल, टेबल टेनिस, उसु, जुडो, ह्यान्डबल, फुलकन्ट्याक्ट कराँते, हक्की, सुटिङ, जिम्न्याटिक, क्रिकेट पुरुष, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन
दाङ — एथलेटिक्स, फुटबल (महिला), कराते, ब्याडमिन्टन, बास्केटबल, आरटीएफ तेक्वान्दो, क्रिकेट (महिला),
रुपन्देही— तेक्वान्दो, सफ्ट टेनिस, शारिरिक सुगठन, क्रिकेट (पुरुष)
बर्दिया— कबड्डी, बुद्धीचाल, सेपाकताक्रो र खो खो
कपिलवस्तु —कुस्ती
ललितपुर—स्क्वास
काठमाडौं —गल्फ
कास्की—प्याराग्लाइडिङ

३५ खेलमा ३सय७२ स्वर्ण, ३सय ७२ रजत र ५सय ६३ कास्य पदकका लागि ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये २८ सय २५ पुरुष र २३ सय ८६ महिला खेलाडीहरु रहँदा ६सय ४० जना प्रशिक्षक र ४ सय ६१ जना टिम व्यवस्थापक रहनेछन् ।

पुरस्कारतर्फ व्यक्तिगत स्पर्धाको विजेताले नगद पुरस्कार १५ हजार प्राप्त गर्नेछ । त्यस्तै, यसअघिको किर्तिमानी भङ्ग गर्ने खेलाडीले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । राखेपले आठौं खेलकुदका लागि सम्पूर्ण खेल सामाग्रीको व्यवस्था भइसकेको जनाकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ४ : ५२ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी