पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा « Khabarhub

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा


२० कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका लागि पथरी–११ र सिराहाको सलहेसबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा काठमाडौँको न्यू रोड टिम (एनआरटी) लाई हराउँदै आयोजक पथरी–११ फाइनलमा प्रवेश गरेको हो । पथरी ११ का लागि निर्णायक गोल सौर्य राउतले गरेका हुन् । राउतले खेलको २५औँ मिनेटमा गोल गरेका थिए ।

खेलको ८८औँ मिनेटमा विवेक गुरुङले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सीमित बनेको थियो । खेलको म्यान अफ दी म्याच पथरी–११ सौर्य राउत घोषित भए । उनले रु ११ हजार ५०० पुरस्कार प्राप्त गरे ।

बुधबार भएको पहिलो सेमिफाइनलमा सलहेस सिराहाले पाँचथर क्लब पाँचथर फिदमलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । फाइल खेल कात्तिक २२ गते हुने छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  १० : ५५ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया