प्रचण्डले विदेशी लगानीकर्तालाई भने– ढुक्क हुनुहोस्, लगानी गर्नुहोस् « Khabarhub

प्रचण्डले विदेशी लगानीकर्तालाई भने– ढुक्क हुनुहोस्, लगानी गर्नुहोस्


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताएका छन् । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उनले भने, “ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।”

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताए । उनले नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गरे । राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै उनले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको उल्लेख गरे ।

अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको, सरकारले दर्जनौँ सुधारको काम गरेको र लगानीका लागि सहज बनाइएको तथा समस्यारहित वातावरण बनाइएको बताए । यस्तै सम्मेलनले पनि नेपाल आकर्षण लगानी गन्तव्य हो भन्ने संस्थागत गरेको र लगानीका लागि योग्य स्थान हो भन्ने तथ्य स्थापित गरेको उनको दाबी थियो ।

नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै उनले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताए । दक्षिण एशियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले भने “मनोरम प्राकृतिक सुन्दरताका कारण पनि नेपाल लगानीका लागि थप योग्य छ ।” बौद्धिक सम्पत्तिको संरक्षणमा पनि पछिल्ला दिनमा सरकारले जोड दिइएको अध्यक्ष दाहालको भनाइ थियो ।

ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानीका लागि महत्वपूर्ण अवसर प्राप्त भएको स्पष्ट पार्दै प्रचण्डले सबै प्रकारका लगानीकर्तालाई खुला हृदयका साथ लगानी गर्न आग्रह गरे । सार्वजनिक निजी क्षेत्र साझेदारीले पनि लगानीकर्ताका लागि सहजीकरण गरेको र विदेशी लगानीले आन्तरिक लगानीलाई समेत थप अभिवृद्धि गर्ने उनको भनाइ थियो । नेपालको आफ्नै विशिष्टतामा शान्ति प्रक्रिया सम्पन्न भएको र त्यसको ऐतिहासिक महत्व रहेको समेत अध्यक्ष दाहालले सम्मेलनलाई जानकारी गराए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : ३१ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना