कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा « Khabarhub

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न तिक्तता त्यागेर पार्टीबाट टाढिएका मतदाता र उनीहरूका परिवारलाई पुनः जोड्न संवाद अभियान आवश्यक रहेको बताएका हुन् ।

उनले पार्टीको आन्तरिक निर्वाचनलाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गर्दै विगतका प्रतिस्पर्धाका कारण सम्बन्धमा उत्पन्न कटुता हटाउनुपर्नेमा जोड दिए । पार्टीभित्रका संस्थागत गुटहरू समाप्त भइसकेको दाबी गर्दै उनले अब आपसी सम्बन्ध सुधारेर कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने बताए ।

कांग्रेसमा २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ सक्रिय रहेको उल्लेख गर्दै सभापति थापाले यसलाई पार्टीको विशिष्ट पुँजीका रूपमा चित्रण गरे । उनले विगतमा पार्टीबाट भएका कमी–कमजोरी सच्याउँदै लोकतन्त्रको रक्षामा केन्द्रित हुने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले विगतमा कांग्रेसमा रहेका तर पछिल्लो समय अन्य दललाई मतदान गरेका मतदातालाई पुनः पार्टीसँग जोड्न संवाद आवश्यक रहेको बताए ।

कार्यक्रममा लामो समयदेखि कांग्रेसमा आबद्ध रहेर समाज रूपान्तरणमा योगदान पुर्‍याएका गण्डकी प्रदेशका ११ जिल्लाका अग्रज नेताहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ४ : ०२ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी