प्याड दिने मेसिन : २ रुपैयाँ हाल्नुस्, प्याड खस्छ « Khabarhub

प्याड दिने मेसिन : २ रुपैयाँ हाल्नुस्, प्याड खस्छ


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ। धेरैले नियमित पढाइ नै छुटाउँछन्। यहाँसम्म कि ४/५ दिन घरमै बस्नुपर्ने अवस्थासमेत आउने गरेको आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्ययनरत छात्रा अस्मिता अधिकारी बताउँछिन्।

भन्छिन्, ‘स्कुल होस् वा क्याम्पसमा पढिरहेका बेला महिनावारी भइहाल्यो भने बीचमै छाडेर हिँड्नुपर्ने अवस्था छ।’ अचानक महिनावारी भइहाल्यो भने सेनेटरी प्याड सहज रूपमा नपाइनाले छात्राले बीचमै पढाइ छाड्छन्। महिनावारी भएका ३/४ दिन नियमित पढाइनै छुटाउँने गरेको कान्तिपुर दैनिकमा खबर छ ।

विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा पनि यस्तै समस्या देखिन थालेपछि सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ। महिनैपिच्छे अधिकांश छात्राले नियमित पढाइ छाड्ने तथा ३/४ दिनसम्म छात्रा क्याम्पस नआउने गरेकाले विभिन्न संघसंस्थाको सहयोगमा सेनेटरी प्याडसहित आधुनिक भेन्डिङ मेसिन जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताए। ‘क्याम्पसमा २ हजार ३ सय हाराहारी विद्यार्थीमध्ये १ हजार ६ सयजति छात्रा छन्, अधिकांशले महिनाबारीका समयमा ३/४ दिनसम्म पढाइ छुटाउने गरेका छन्,’ उनले भने ।

‘छात्राको समस्या बुझेर पढाइ नियमित गराउन प्याड मेसिन राखेका हौं। यसले छात्राका साथै महिला प्राध्यापक र कर्मचारीलाई पनि अब सहज हुनेछ,’ उनले भने। क्याम्पसलाई लायन्स क्लब अफ काठमाडौंले स्वचालित तथा आधुनिक सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन उपलब्ध गराएको हो। उक्त भेन्डिङ मेसिनमा दुई रुपैयाँको सिक्का प्रयोग गरी सेनिटरी न्याप्किन प्याड निकाल्ने व्यवस्था मिलाइएको क्याम्पसकी सहप्राध्यापक कल्पना लम्सालले बताइन्।

बीएडमा अध्ययनरत छात्रा सुमन गुरुङले भनिन्, ‘पढिरहेको समयमा अचानक महिनावारी हुँदा तत्काल प्याड किन्ने पर्याप्त पैसा पनि हुँदैनथ्यो, साथीहरूलाई भन्न तथा पुरुष शिक्षकसँग प्याडको कुरा गर्न पनि लाज लाग्थ्यो, अब मेसिनको प्रयोग गरी दुई रुपैयाँमै प्याड प्रयोग गर्न पाइयो भने पठनपाठनमा पनि सहज हुनेछ।’

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : २८ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका