प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुनसक्ने प्रचण्डको संकेत « Khabarhub

प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुनसक्ने प्रचण्डको संकेत


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुन सक्ने संकेत गरेका छन् ।

प्रदेश नम्बर २ सरकारको सत्तारुढ दलले केन्द्र सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्टै अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार पनि नेकपाकै नेतृत्वमा गठन हुनसक्ने बताएका हुन् ।

सोमबारदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनको वैठकमा बोल्दै संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधनको प्रक्रिया शुरु नगरिएको सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।

संसद वैठकमै श्रेष्ठले चेतावनी दिएको भोलिपल्ट मंगलबार प्रचण्डले प्रदेश नम्बर २ मा पनि नेकपाकै नेतृत्वमा सरकार गठन हुने बताए ।

मंगलबार मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई नेकपा प्रवेश गराउँदै प्रचण्डले प्रदेश नम्बर २ मा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै बीचैमा सरकारको नेतृत्व लिने अवस्था आउन सक्ने बताए ।

‘अहिले प्रदेश २ मा भ्रष्टाचार मौलाएको छ । बीचैमा सरकारको नेतृत्व लिने अवस्था पनि आउन सक्छ,’ प्रचण्डले भने, ‘कम्युनिस्ट नेतृत्वमा सरकार बनेमात्र जनताको सरकार बन्छ । विभिन्न चलखेल गर्ने हो भने तत्काल कम्युनिस्ट सरकार बन्न सक्छ ।’

प्रदेश २ मा अहिले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)को गठवन्धन सरकार छ ।

नेकपा अध्यक्ष प्रचण्डले संविधान संशोधनको प्रक्रिया जनताको मागअनुसार अगाडि बढाइने पनि बताए ।

प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन पहल गर्ने प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ११ : २५ बजे

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस