प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुनसक्ने प्रचण्डको संकेत « Khabarhub

प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुनसक्ने प्रचण्डको संकेत


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुन सक्ने संकेत गरेका छन् ।

प्रदेश नम्बर २ सरकारको सत्तारुढ दलले केन्द्र सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्टै अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार पनि नेकपाकै नेतृत्वमा गठन हुनसक्ने बताएका हुन् ।

सोमबारदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनको वैठकमा बोल्दै संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधनको प्रक्रिया शुरु नगरिएको सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।

संसद वैठकमै श्रेष्ठले चेतावनी दिएको भोलिपल्ट मंगलबार प्रचण्डले प्रदेश नम्बर २ मा पनि नेकपाकै नेतृत्वमा सरकार गठन हुने बताए ।

मंगलबार मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई नेकपा प्रवेश गराउँदै प्रचण्डले प्रदेश नम्बर २ मा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै बीचैमा सरकारको नेतृत्व लिने अवस्था आउन सक्ने बताए ।

‘अहिले प्रदेश २ मा भ्रष्टाचार मौलाएको छ । बीचैमा सरकारको नेतृत्व लिने अवस्था पनि आउन सक्छ,’ प्रचण्डले भने, ‘कम्युनिस्ट नेतृत्वमा सरकार बनेमात्र जनताको सरकार बन्छ । विभिन्न चलखेल गर्ने हो भने तत्काल कम्युनिस्ट सरकार बन्न सक्छ ।’

प्रदेश २ मा अहिले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)को गठवन्धन सरकार छ ।

नेकपा अध्यक्ष प्रचण्डले संविधान संशोधनको प्रक्रिया जनताको मागअनुसार अगाडि बढाइने पनि बताए ।

प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन पहल गर्ने प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ११ : २५ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली