भारतीय गायकको नेपाली गीत ‘सयौं जुनी सँगै जिउन’ « Khabarhub

भारतीय गायकको नेपाली गीत ‘सयौं जुनी सँगै जिउन’


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – भारतका लोकप्रिय गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत बजारमा ल्याइएको छ । ‘सयौँ जुनी सँगै जिउन’ बोलको गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भारतीय गीतमा पनि उत्तिकै जमेका कुमारले यसअघि पनि नेपाली गीत गाएका थिए । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा उनको आवाज सुन्न सकिन्छ ।

‘सयौँ जुनी सँगै जिउन’ मा साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना छ भने युग भुषालको संगीत रहेको छ । भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय गरेका छन् । यस्तै भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि