जीवनमा फिट रहने मोदीका मन्त्र- रुघा लागे ब्रत बस्ने, रिस उठे खाली कागजमा लेख्ने « Khabarhub

जीवनमा फिट रहने मोदीका मन्त्र- रुघा लागे ब्रत बस्ने, रिस उठे खाली कागजमा लेख्ने


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका एक्शन किंग अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिए । अन्तर्वार्ताको विषय मोदीको राजनीतिभन्दा फरक थियो । अर्थात भारतको नेतृत्व सम्हालेका मोदीको जीवन शैलीका विषयमा अन्तर्वार्ता केन्द्रित भयो । अक्षय कुमारसँगको कुराकानीमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ने जीवनको रोचक कुरा सार्वजनिक गरे । उनले आफूलाई फिट राख्न चालेको भूमिका र दैनिक कसरतका विषयमा खुलेरै कुरा गरे ।

रुघाको उपचार कसरी गर्छन मोदी

कुराकानीका क्रममा मोदीलाई रुघाखोकीको उपचारका बारेमा प्रश्न गरियो । मोदीले रुघाखोकीको उपचारका लागि तीन काम गर्ने सुनाए । उनका तीन काम यस्ता छन् :

पहिलो : मोदी रुघा लाग्दा तातोपानी मात्र पिउने गर्छन ।
दोस्रो : उनी ब्रत बस्छन् । जसले उनका लागि रुघाको उपचारका रुपमा काम गर्छ ।
तेस्रो : तातो सरसोको तेलको केही थोपा नाकमा हाल्छन् ।

अन्तर्वार्ताका क्रममा अक्षय कुमारले नरेन्द्र मोदीलाई भने, ‘मैले सुनेअनुसार तपाईं ३ घण्टा मात्र सुत्नु हुन्छ । जबकी शरीरलाई कम्तीमा ७ घण्टाको निन्द्रा आवश्यक पर्छ ।’ यो प्रश्नको जवाफ पनि मोदीले तीनघण्टाभन्दा बढी आफूलाई सुन्त नपर्ने बताए । उनले भने, ‘म ३ देखि साढे ३ घण्टामात्र सुत्छु । मेरो शरीरको साईकल यस्तै छ । मलाई ३ घण्टाभन्दा माथि निन्द्रा नै लाग्दैन् । मेरो निन्द्रा नै थोरै समयमा पूरा हुन्छ ।’

भारतीय प्रधानमन्त्री मोदीले आफूलाई अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले पनि धेरै सुत्न सल्लाह दिएको बताए ।

उनले अन्तर्वार्ताका क्रममा आफूले धेरै कठिन जीवन बिताएर यो स्थानमा आएको बताएका छन् । उनले आफ्नो खुट्टा गाम्छाले बाँधेर आफैं मसाज गर्ने गरेको पनि सुनाए ।

यसरी रिसलाई नियन्त्रण गर्छन मोदी

प्रधानमन्त्री मोदीले आफूले रिस नियन्त्रण गर्ने बताएका छन् । उनको रिस नियन्त्रण गर्ने गज्जबको तरिका छ । त्यो तरिका बारे उनले भने, ‘मलाई मन नपर्ने घटनाकाको विषयमा म आफैं विश्लेषण गर्छु । एउटा खाली कागज लिएर बस्छु । अनि त्यो कागजमा घटनाका बारेमा सबै कुरा लेख्छु । राम्रो पक्ष, नराम्रो पक्ष, कमिकमजोरी हुनाको कारण । त्यसपछि त्यो पेपरलाई च्यातेर फालिदिन्छु ।’

यो कार्यले सबै रिस मर्ने गरेको भन्दै मोदीले यति गर्दा पनि रिस शान्त नभएमा फेरि त्यही घटना दोहोर्‍याउँथे । यसरी आफ्नो रिस उनी आफैं शान्त पार्ने गरेको ओलीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै