केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई | Khabarhub Khabarhub

केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय डर्बी भिडन्तमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशत्र प्रहरी बलको एपीएफ क्लबले उपाधि उचालेको छ ।

मंगलबार लगनखेलस्थित आर्मी कर्भडहलमा भएको फाइनलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।
आर्मी एपीएफसँग २५–२४,२५–९ र २५–१५ को सेटमा जितमा पराजित भयो ।

आर्मीले पहिलो सेटमा एपीएफसँग प्रतिस्पर्धात्मक खेलेपनि पछिल्ला २ सेटमा लय कायम राख्न नसक्दा पराजित हुनुपर्यो । योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि हात पारेको छ ।

उपाधि उचालेको एपीएफले २ लाख नगद पुरस्कार पाउँदा उपविजेता आर्मीले १ लाखमा चित्त बुझायो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : ०५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका