सनी देओल र उनकी पत्नीमाथि ५३ करोड ऋण ! | Khabarhub Khabarhub

सनी देओल र उनकी पत्नीमाथि ५३ करोड ऋण !


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सनी देवल पञ्जावको गुरदासपुरबाट भारतीय जनता पार्टीका प्रत्याशी हुन् । उनले हालै मात्र राजनीतिमा कदम राखेका थिए । लगत्तै उनले टिकट पनि पाए । उनले हालै यसै सिलसिलामा आफ्नो सम्पत्तिको विवरण पनि खुलाए ।

उक्त विवरणमा खुलेको छ कि, सनी देओल र उनकी पत्नीमाथि झण्डै ५३ करोड ऋण छ । दुवैले बैंकबाट ५१ करोड रुपैयाँ कर्जा लिएका छन् । उनको साढे २ करोड सरकारी कर्जा पनि छ । यसका अलावा एक करोड ७ लाखको जीएसटी पनि बाँकी छ ।

जहाँसम्म सम्पत्तिको कुरा छ । सनीको परिवारसँग झण्डै ५७ करोडको सम्पत्ति छ । उनीसँग ६० करोडको चल र पत्नीसँग ६ करोड रुपैयाँ बराबर सम्पत्ति छ । यस्तै सनीसँग २१ करोड बराबरको अचल सम्पत्ति पनि भएको भारतीय मिडियाले खुलाएका छन् ।

उनको बैंक खातामा भने २६ लाख रुपैयाँ नगद र पत्नीसँग १६ लाख रुपैयाँ भएको बताइएको छ ।

सबैभन्दा अचम्मको कुरा त यो हो कि, सनी आफ्ना पिता धर्मेन्द्रको सम्पत्तिका हिसाबले निकै पछाडि छन् । धर्मेन्द्रसँग झण्डै १ सय ३५ करोड बराबरको सम्पत्ति छ । यस्तै सनीकी सौतेनी आमा हेमा मालिनीसँग झण्डै १ सय १४ करोड सम्पत्ति छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ५० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले