सनी देओल र उनकी पत्नीमाथि ५३ करोड ऋण ! « Khabarhub

सनी देओल र उनकी पत्नीमाथि ५३ करोड ऋण !


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सनी देवल पञ्जावको गुरदासपुरबाट भारतीय जनता पार्टीका प्रत्याशी हुन् । उनले हालै मात्र राजनीतिमा कदम राखेका थिए । लगत्तै उनले टिकट पनि पाए । उनले हालै यसै सिलसिलामा आफ्नो सम्पत्तिको विवरण पनि खुलाए ।

उक्त विवरणमा खुलेको छ कि, सनी देओल र उनकी पत्नीमाथि झण्डै ५३ करोड ऋण छ । दुवैले बैंकबाट ५१ करोड रुपैयाँ कर्जा लिएका छन् । उनको साढे २ करोड सरकारी कर्जा पनि छ । यसका अलावा एक करोड ७ लाखको जीएसटी पनि बाँकी छ ।

जहाँसम्म सम्पत्तिको कुरा छ । सनीको परिवारसँग झण्डै ५७ करोडको सम्पत्ति छ । उनीसँग ६० करोडको चल र पत्नीसँग ६ करोड रुपैयाँ बराबर सम्पत्ति छ । यस्तै सनीसँग २१ करोड बराबरको अचल सम्पत्ति पनि भएको भारतीय मिडियाले खुलाएका छन् ।

उनको बैंक खातामा भने २६ लाख रुपैयाँ नगद र पत्नीसँग १६ लाख रुपैयाँ भएको बताइएको छ ।

सबैभन्दा अचम्मको कुरा त यो हो कि, सनी आफ्ना पिता धर्मेन्द्रको सम्पत्तिका हिसाबले निकै पछाडि छन् । धर्मेन्द्रसँग झण्डै १ सय ३५ करोड बराबरको सम्पत्ति छ । यस्तै सनीकी सौतेनी आमा हेमा मालिनीसँग झण्डै १ सय १४ करोड सम्पत्ति छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ५० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक