ज्यानमार्ने धम्की आउँदा समेत सरकारले चासो दिएन : व्यवसायी | Khabarhub Khabarhub

ज्यानमार्ने धम्की आउँदा समेत सरकारले चासो दिएन : व्यवसायी


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुलाई अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आउँदासमेत सरकारले चासो नलिएको गुनासो गरेको छ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढी निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’बाट ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि चासो नदिएको भन्दै गुनासो गरेको हो ।

महासंघका अध्यक्ष रवि सिंहले दिनहुँ जसो आफूहरुमाथि पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की आउने गरेको बताए । महासंघका अनुसार अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष जीपछिरिङ लामालगायतका निर्माण व्यवसायीहरुमाथि दैनिक पैसा नदिए ज्यान मार्ने धम्की अननोन मोबाईल मार्फत आउने गरेको छ ।

तर सो जानकारी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सुरक्षा अंगका प्रमुखहरुलाई जानकारी गराउँदा पनि धम्की दिने काम नरोकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराउनु परेको पनि महासंघले जनाएको छ ।

अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भिर बन्न पनि सरकारको ध्यानाकर्षण गराए । महासंघले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानीको व्यवस्था नगरेका कारण विकास, निर्माणको कामनै ठप्प हुने अवस्था आएको पनि बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ५४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित