सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव « Khabarhub

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी गराउने उद्देश्यले सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त प्लेटफर्मको प्रारम्भिक (बेटा) संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार नागरिक चौतारी सरकारका नीति तथा कार्यक्रममाथि बहस गर्ने माध्यम मात्र नभई समसामयिक विषय, सरकारी योजना, नीति र अभ्यासबारे नागरिकको पहुँच विस्तार गर्ने साझा प्लेटफर्म हुनेछ।

यस प्लेटफर्ममार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी संवाद गर्न तथा व्यवहारिक समाधानका सुझाव सिधै प्रस्तुत गर्न सक्नेछन्। साथै, नागरिकले सरकारलाई राय–सुझाव दिन सक्ने र सरकारले आमजनताको प्रत्यक्ष सहभागिता तथा अपनत्व बढाउन सक्ने विश्वास गरिएको छ।

स्वकीय उपसचिव ढकालले देश विकासमा योगदान दिन इच्छुक प्रतिभावान् तथा मिहिनेती स्वयंसेवकहरूको पहिचान र परिचालनमा समेत यो प्लेटफर्म उपयोगी हुने बताउनुभयो। उहाँका अनुसार देशभित्र तथा विदेशमा रहेका नेपालीले आफ्नो ज्ञान, सीप र विज्ञता देश विकासका लागि यसै माध्यमबाट योगदान गर्न सक्नेछन्।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले नागरिक चौतारी जनताले अपेक्षा गरेको सुशासन प्रवर्द्धनको प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे। उनले यसले सरकारी नीति तथा अभ्यासलाई थप नागरिकमैत्री, पारदर्शी र नतिजामुखी बनाउन सहयोग पुग्ने बताए।

उनका अनुसार सार्वजनिक सेवा प्रवाह र सहभागितमूलक विकासलाई सुदृढ बनाउन तयार पारिएको नागरिक चौतारी डिजिटल प्लेटफर्मसँगै देशभरका नागरिकसँग प्रत्यक्ष भेटघाट तथा ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि संवाद गर्ने योजना रहेको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ७ : ३९ बजे

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा