मुख्यमन्त्री पोखरेललाई लक्षित गरी रोल्पामा श्रृंखलाबद्ध विष्फोट « Khabarhub

मुख्यमन्त्री पोखरेललाई लक्षित गरी रोल्पामा श्रृंखलाबद्ध विष्फोट


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रोल्पा– प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी रोल्पामा शृङ्खलाबद्ध बम विष्फोट गराइएको छ । विभिन्न कार्यक्रममा सहभागि हुन रोल्पा आएका मुख्यमन्त्री पोखरेललाई लक्षित गरी मंगलबार पनि विस्फोट गराइएको हो । रोल्पाको त्रिवेणी गाउँपालिकाको तिला बजार नजिकै बम विष्फोट गराइएको हो ।

सडक नजिकै जंगलमा बम विस्फोट भएको मुख्यमन्त्रीसँगै रहेका प्रदेश सांसद् दिपेन्द्रकुमार पुनले जानकारी दिए । सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको प्रशिक्षणमा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जान लागेको समयमा विस्फोट गराइएको थियो ।

यसअघि सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्षित गरी सदरमुकाम लिबाङ नजिकै तित्रीकोटमा बम विस्फोट भएको थियो । घटनाको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।

भ्रमणको पहिलो दिन प्यूठानको स्वर्गद्वारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय उद्घाटनपछि रोल्पा छिरेका पोखरेललाई रोल्पाको प्रवेशद्वार सुलिचौरमा पार्टी कार्यकर्ताले स्वागत गरेका थिए ।

जिल्ला सदरमुकाम लिवाङमा निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएकै बखत कार्यक्रम स्थल नजिक अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

प्रहरीले भने सामान्य पटका भएको प्रतिक्रिया दिएको छ । जनजीवन आतंकित पार्न सामान्य पटका पड्काएका हुन सक्ने एक प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : २० बजे

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी