मध्यपूर्वमा हारसँगै दक्षिण एशियामा इस्लामिक स्टेटको नजर ! | Khabarhub Khabarhub

मध्यपूर्वमा हारसँगै दक्षिण एशियामा इस्लामिक स्टेटको नजर !



मध्यपूर्वमा आधारित इस्लामिक स्टेटले श्रीलंकाको राजधानी कोलम्बोमा गत साता गराएको भीषण हमलापछि दक्षिण एशियाभर गम्भीर सुरक्षा चुनौती खडा गरिदिएको छ । पछिल्लो घटनासँगै हारिसकेको घोषणा गरिएको आतंकवादी समूह इस्लामिक स्टेटको त्रासलाई उजागर गरिदिएको छ ।

श्रीलंका आक्रमण निस्तेज पार्न नसकेपछि दक्षिण एशियाली देशहरुको आतंकवादविरुद्ध मुकाबिला गर्ने क्षमतामा रहेको गम्भीर त्रुटीहरुको उजागर गरिदिएको छ । श्रीलंकाका सुरक्षा र गुप्तचर संयन्त्रहरु स्पष्ट आतंकवादी आक्रमणको सूचना हुँदा समेत खतरा टार्ने अग्निपरीक्षामा चुकेका छन् ।

आतंकवादको स्वरुप र शैली बदलिएको छ, जुनसुकै बेला जुनसुकै देश निशानामा पर्न सक्छ । श्रीलंका आक्रमणको स्तर र स्थान एउटा त्रासमात्र नभएर आतंकवादको बढ्दो खतरा र विश्वको सुरक्षामाथिको ठूलो चूनौती हो ।

श्रीलंकामा भएको घातक हमलाबाट उत्साही स्लामिक स्टेटका प्रखुख अबुबकर अल बग्दादी ५ वर्षपछि पहिलो पटक भिडियोमा देखा परेका छन् । नयाँ भिडियोमार्फत विश्व आतंकवादी सञ्जालका प्रमुख बग्दादीले आफ्नो संगठन हारबाट बच्नसक्ने र पुनः फर्कनसक्ने चेतावनीसहित एकपटक विश्वको ध्यान आफूतर्फ तानेका छन् । १८ मिनेटभन्दा लामो भिडियो सन्देशमा बग्दादीले आफ्नो युद्ध जारी राख्न लडाकुहरुलाई आह्वान गर्दै श्रीलंकामा भएको श्रृङखलाबद्ध आक्रमणमा संलग्न लडाहरुलाई बधाई दिएका छन् ।

नेपालमा भने विश्व आतंकवादी संगठनको सोझो खतरा नरहे पनि नेपालीहरु ब्रिटिस सेनाबाट अफगानिस्तान र इराकमा लड्नु, अमेरिकाको आतंकवादविरुद्धको युद्धको समर्थक राष्ट्र हुनु तथा बहुसंख्यक हिन्दुहरु रहनुले उनीहरुले कुनै न कुनै रुपमा आतंक मच्चाउन प्रयोग गर्नसक्नेतर्फ नर्कान सकिँदैन ।

बग्दादीको भिडियो सार्वजनिक भएको एक दिन नबित्दै इस्लामिक स्टेटले बंगलादेशको राजधानी ढाकामा भएको बम हमलाको जिम्मा लिएको छ । केही दिनअघि मात्र इस्लामिक स्टेट आबद्ध टेलिग्राममा हामी आउँदै छौं भन्दै चेतावनियुक्त पोष्टर सार्वजनिक गर्दै बंगलादेशमा आक्रमण गर्ने सार्वजनिक चेतावनीपछि आक्रमण भएको हो ।

पछिल्ला हमलाहरुले इस्लामिक स्टेटले मुख्य युद्ध हारेपनि उसका लडाकुको आतंक फैलाउने मनोबल र आक्रमण गर्ने क्षमता भने यथावतै रहेको देखिएको छ । इस्लामिक स्टेटले कब्जा गरेका सबै क्षेत्र फिर्तीपछि पनि इस्लामिक स्टेटले ८ देशमा ९२ वटा आक्रमण गरिसकेको छ । इस्लामिक स्टेट अझै पनि संसारभर आतंक फैलाउन सफल रहेको सन्देश दिएको छ ।

सिरिया र इराकको क्षेत्रफल गुमाएसँगै अमेरिकाले अफ्रिका र दक्षिण एशियामा आक्रमण हुनसक्ने भन्दै धेरै देशहरुलाई सचेत गराउँदा समेत खतराको स्तर मूल्यांकन गर्न नसक्दा श्रीलंकाले ठूलो क्षति बेहोरेको छ । भारत र पाकिस्तानले त्यस्तै प्रकृतिको आतंकवादी हमला हुनसक्नेतर्फ साबधानी भइ सुरक्षा सतर्कता बढाइसकेका छन् ।

अफगानिस्तानमा इस्लामिक स्टेटले नियमित जसो हमला गरिरहेको छ । माल्दिभ्स सन् २०१४ देखि नै उच्च जोखिममा छ । ढाकाको क्याफेमा भएको भीषण हमलापछि इस्लामिक स्टेटको सम्पूर्ण उपस्थितिलाई निष्तेज पारिएको दाबी गरेको बंगलादेशमा इस्लामिक स्टेटले गरेको नयाँ हमलापछि चिन्ता थपिएको छ । दक्षिण एशियाका नेपाल र भूटान प्रत्यक्ष प्रभाव नपरेका देशहरु हुन् ।

स्लामिक स्टेटको उदय नै धार्मिक युद्धबाटै भएको हो । उसले इराकमा रहेको सिया मुस्लिहरुको पवित्र धार्मिक स्थलहरुमाथी श्रृंखलाबद्ध हमलाहरु गरेर नै युद्धको विजारोपण गरेको हो । स्लामिक स्टेटले अरु धर्मप्रति गर्ने घृणा र आक्रमणको ठूलै फेहरिस्ता छ ।

नेपालमा भने विश्व आतंकवादी संगठनको सोझो खतरा नरहे पनि नेपालीहरु ब्रिटिस सेनाबाट अफगानिस्तान र इराकमा लड्नु, अमेरिकाको आतंकवादविरुद्धको युद्धको समर्थक राष्ट्र हुनु तथा बहुसंख्यक हिन्दुहरु रहनुले उनीहरुले कुनै न कुनै रुपमा आतंक मच्चाउन प्रयोग गर्नसक्नेतर्फ नर्कान सकिँदैन ।

आतंकवादको खतरासँग नेपाल पनि साबधान हुनुपर्ने विविध कारणहरु छन् जसमा उनीहरुले नेपाललाई सुरक्षित हुनका लागि लुक्न, ट्रान्जिट प्वाइन्ट बनाउन, नेपालमा रहेको सुरक्षा कम्जोरीको छिद्रामा छिर्न, खुल्ला सीमानाको दुरुपयोग गर्नसक्ने तथा नेपालभित्रकै पवित्र धार्मिक स्थलहरुमा निशाना बनाउनसक्नेतर्फ सचेत हुनु जरुरी छ ।

बदलिदो प्रविधिले आतंकवादी समूहहरुलाई एउटा कुनामा बसेर संसारभर आतंक मच्चाउन सहज बनेको छ । अझ स्लामिक स्टेट प्रविधिको प्रयोग गरेर नै यो स्तरसम्म आइपुगेको आतंकवादी संगठन हो । उसले सामाजिक सञ्जाहरुकै प्रयोगमार्फत प्रचारसंगै आक्रमकदेखि भर्नाको नीति लिएको छ, जुनसुकै कुनाबाट पनि आक्रमणको योजना तयार पार्ने तथा घातक हमलालाई सफल बनाउने उसको क्षमतालाई श्रीलंका हमलाले थप उजागर गरिदिएको छ ।

स्लामिक स्टेटले संगठनको विस्तार, प्रचार, भर्ना र अर्थतन्त्रका लागि मात्र नभएर उसले धार्मिक द्वन्द्व चर्काउन जहासुकै पनि आक्रमण गर्नसक्ने खतरा छ । स्लामिक स्टेटले नेपाल र भारतका धार्मिक स्थलहरुमा आक्रमण गरी धार्मिक दंगा भड्काएर आफू छिर्नसक्ने आधार खोजेको हुनेतर्फ पनि उत्तिकै सचेत हुनुपर्ने देखिन्छ ।

स्लामिक स्टेटको उदय नै धार्मिक युद्धबाटै भएको हो । उसले इराकमा रहेको सिया मुस्लिहरुको पवित्र धार्मिक स्थलहरुमाथी श्रृंखलाबद्ध हमलाहरु गरेर नै युद्धको विजारोपण गरेको हो । स्लामिक स्टेटले अरु धर्मप्रति गर्ने घृणा र आक्रमणको ठूलै फेहरिस्ता छ । इराक र सिरियाको सम्पूर्ण भूभाग गुमाएसँगै स्लामिक स्टेट पछिल्लो समय दक्षिण एशियामा केन्द्रीत गरेको छ । अफगानिस्तान र पाकिस्तानमा रहेका धार्मिक अल्पसंख्यकहरुमाथि निशाना बनाइरहेको छ भने भारतमा ठूलो आक्रमण गर्ने योजना त्यागेको छैन ।

दक्षिण एशियाली देशहरुबीच जुन भौगोलिक निकटता छ त्यस्तो किसिमको सुरक्षा सम्बन्ध र सहकार्य छैन । दक्षिण एशियाली देशहरुको प्रतिआतंकवादसम्बन्धी गुप्तचरी सूचना आदान-प्रदान गर्ने संयन्त्र र कतिपय देशहरुमा कानूनी स्पष्टता छैन । सन् २०१५ नोभेम्बरमा एकै रातमा आधा दर्जन स्थानमा श्रृंखलाबद्ध हमला गर्दै स्लामिक स्टेटले यूरोपेली देश फ्रान्समा दोस्रो विश्वयुद्धपछिको ठूलो क्षति पुर्‍याइदिएको थियो भने त्यसपछि पनि आक्रमणको श्रृंखला नै चलाएको थियो । स्लामिक स्टेटले यूरोपेली देशहरुमा सन् २०१५/१६ मा गरेको लगातारको हमलाले सिंगो क्षेत्रको प्राथमिकतामै परिवर्तन ल्याइदिएको थियो ।

यूरोपमा भएको लगायतारको हमला र अमेरिकामा डोनाल्ड ट्रम्पको आगमनसंगै इराक र सिरियामा आधार बनाइ सिंगो विश्वभर आतंक फैलाइरहेको विश्व आतंकवादी सञ्जाल स्लामिक स्टेटविरुद्ध आक्रामक कारबाही भएको थियो । ट्रम्पले घातक र निर्णायक युद्ध लड्न सेनालाई जिम्मेवारी सुम्पिएसँगै अमेरिकी सेनाले कारबाहीलाई तीब्र पारेको थियो ।

स्लामिक स्टेट दक्षिण एशियामा दीर्घकालीन उपस्थितिका लागि स्थापनादेनि नै सक्रिय छ । जसका लागि उसले केही स्थानीय अतिबादी समूहहरुलाई आफ्नो संगठनमा आबद्ध गराएको छ ।

पश्चिमा जगतमा अमेरिकापछिको शक्तिशाली सैनिक, कुटनीतिक र गुप्तचरी शक्ति भएको फ्रान्स आतंकवादको लगातारको हमला रोक्न असफल भएसँगै अमेरिकासँग गोप्य सहायता लिन बाध्य हुँदै स्लामिक स्टेटविरुद्धको युद्धमा संलग्नता बढाएको थियो ।

झण्डै ५ वर्षको युद्धपछि स्लामिक स्टेटले नियन्त्रणमा लिएको इराक र सिरियाको सम्पूर्ण क्षेत्र गुमाएको छ तरपनि आतंक मच्चाउन सक्ने क्षमता यथावत नै छ । मध्यपूर्र्वमा युद्ध हारेसँगै स्लामिक स्टेट बिकेन्द्रित तथा छापामार युद्धमा केन्द्रित भएको छ । उसले आफ्नो प्रभाव देखाउन धेरै देशहरुमा आतंकवादी हमलाको श्रृंखला नै चलाएको छ ।

दक्षिण एशियामा स्लामिक स्टेटको कालो छाँया

श्रीलंकाको हमलासंगै निश्चय नै क्षेत्रीय देशहरुले सुरक्षा सर्तकता बढाउने छन् । तरपनि आतंकवादको फैलँदो जालो कुनै निश्चित क्षेत्रीय सीमानामा मात्र केन्द्रित छैन । कुनै एउटा मात्र देशले आतंकवादी हमलालाई रोक्न सम्भव पनि हुँदैन ।

सन् २००१ सम्म सीमित स्तरमा रहेको अर्को विश्वआतंकवादी सञ्जाल अलकायदा अहिले एशिया, मध्यपूर्र्व र अफ्रिकाका धेरै देशहरुमा फैलिइसकेको छ । स्लामिक स्टेटले सिरिया र इराकको नक्सा नै मेटेर आफ्नै शासनको घोषणा गरेको थियो तर अहिले उसँग कुनै क्षेत्रफल छैन तर पनि एक दर्जन बढी देशहरुमा उसको सक्रिय शाखाहरु आतंकवादी क्रियाकलापमै तल्लिन छन् । आफूले नियन्त्रण गरेको भूभाग गुमाएपछि अहिले स्लामिक स्टेटको आँखा अफ्रिका र दक्षिण एशियामा परेको छ र उ यी क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गरी आतंकवादी हमला गर्न हरतबरबाट प्रयत्नशील छ ।

सन् २०१४ जुनमा स्लामिक स्टेट घोषणा गर्दै अबुबकर अल बग्दादीलाई विश्वभरकै मुस्लिमको नेता घोषणा गरिएको थियो । स्लामिक स्टेटको आगमनसँगै अलकायदा विरुद्धको विश्वव्यापी युद्धको परिदृष्य नै बदलिन पुग्यो । सन् २००३ देखि अलकायदाको इराक शाखामा रहेको समूह सिरियाली गृहयुद्धपछि देश नै चलाउने हैसियतमा पुगेको थियो ।

इस्लामी स्टेटले अन्य परम्परागत आतंकवादी संगठनको जस्तो नभइ आतंकवादको स्वरुप, शैली र परम्परागत परिभाषा नै बदलिने गरी शासनको शुरुवात गरेको थियो । उसले बर्बरतापूर्ण तबरबाट असीमित महत्वकांक्षाहरु बोक्दै संसारभरको सुरक्षा चुनौती थोपरिदिएको थियो ।

दक्षिण एशिया आतंकवादको सबैभन्दा जोखिममा रहेको क्षेत्र हो । हाल यो क्षेत्रमा विश्व आतंकवादी सञ्जाल अलकायदा आफ्नो पकड कायमै गर्न प्रयत्नशील छ भने स्लामिक स्टेट प्रभाव विस्तारको क्रममा छ । अफगानिस्तानमा नियमित र पाकिस्तानमा समेत आंशिक रुपमा आक्रमण गरिरहेको यो समूहले लामो समयदेखि अन्य देशहरुमा आक्रमणको तानाबाना बुनिरहेको थियो ।

साइबर आतंकवादलाई सबैभन्दा सशक्त ढंगबाट प्रयोग गरी पश्चिमा आधुनिक देशहरुलाई समेत हैरानी पारिरहेको यो आतंकवादी सञ्जालले जुनसुकै कुनामा बसेर यस क्षेत्रका व्यक्तिहरुलाई अतिवादको चंगुलमा फसाउनसक्ने क्षमता छ ।

खासगरी स्लामिक स्टेटले भारतीय हिन्दु धार्मिक स्थलहरुलाई निशाना बनाउन तीव्र गतिका साथ अघि बढेपनि भारतीय गुप्तचर संस्थाहरुको अमेरिकासँग सूचना साझेदारीले सम्भव भएको छैन । तरपनि स्लामिक स्टेट भारतमा सानो रुपमा संलग्न रही छिटपुट आक्रमण गर्न भने सफल भएको छ ।

सन् १९७९ देखि नै जिहादको मूल मानिएको अफगान–पाकिस्तान क्षेत्रबाट अलकायदालाई विस्थापित गर्ने र त्यहाँ सक्रिय चरमपन्थी समूहहरुलाई आफूमा आवद्ध गराउँदै अर्को क्षेत्रीय युद्धका लागि स्लामिक स्टेट सक्रिय छ । स्लामिक स्टेट अमेरिका र उसका साझेदारहरुलाई युद्धमा थकाउने उद्देश्यले अफ्रिका र दक्षिण एशियालाई भौगोलिक कारणमात्र होइन यी क्षेत्रका देशहरुका समस्याभित्र छिर्न र धार्मिक युद्ध निम्त्याउन चाहन्छ ।

स्लामिक स्टेट दक्षिण एशियामा दीर्घकालीन उपस्थितिका लागि स्थापनादेनि नै सक्रिय छ । जसका लागि उसले केही स्थानीय अतिबादी समूहहरुलाई आफ्नो संगठनमा आबद्ध गराएको छ । स्लामीक स्टेटले अफगानिस्तान र पाकिस्तान समेटेर खोर्सान प्रान्तको घोषणा गर्दै क्षेत्रैभरी आफ्नो प्रभाव विस्तार गर्ने महत्वकांक्षा लिएपनि अमेरिकी र क्षेत्रीय देशहरुको लगातारको लडाइले सम्भव भएको थिएन ।

अमेरिकाले दक्षिण एशियामा प्रभाव विस्तार गर्न स्लामिक स्टेटले अफगानीस्तानबाट थालेको मिसनलाई असफल बनाउन ठूलो गोप्य युद्ध छेडेको थियो । अमेरिकाले स्लामिक स्टेटका शीर्ष तथा उदाउँदा नेता र उनीहरुको अर्थतन्त्र ध्वस्त पार्न सन् २०१५ को शुरुवातदेखि नै विशेष कारबाही थाल्दै दुई वर्षमा ठूलो खतरालाई निस्जेत पारेको थियो ।

जसमा दक्षिण एशिया हेर्ने स्लामिक स्टेटका नेताहरुको सूची तयार बनाउँदै ड्रोन हमला, विशेष सैन्य कारबाही लगायत अन्य गोप्य तरिकाले उसको क्षेत्रीय महत्वकांक्षलाई ब्रेक लगाइदिएको थियो । विविध सैन्य र गुप्तचरी कारबाहीका बाबजुद स्लामिक स्टेटको जाँलो अहिले पनि अफगानिस्तानमा सक्रिय रुपमा कार्यरत छ भने पाकिस्तानमा पनि आंशिक रुपमा काम गरिरहेको छ ।

अफगानीस्तानको नांगरहार प्रान्तमा आधार इलाका बनाएको यो समूहले आक्रमण, प्रचार र भर्नालाई तीव्रता दिँदै शक्तिशाली बनिरहेका बेला अमेरिकाले पनि गोप्य युद्धको शुरुवात गरेको थियो । अमेरिकी र रुसी नेतृत्वको छुट्टा–छुट्टै अन्तर्राष्ट्रिय गठबन्धनले कारबाही तीब्र बनाएसंगै सिरिया र इराकमा कम्जोर बनेको स्लामिक स्टेट अन्य क्षेत्रमा विस्तार गर्दै युद्धलाई विकेन्द्रीत गरिदिएको थियो ।

जुन रणनीतिक अलकायदाले अमेरिकाले सन् २००१ मा आतंकवाद विरुद्धको विश्वव्यापी युद्धको शुरुवातीसंगै अफगान–पाकिस्तानको आधार इलाकालाई इराक, यमन, नाइजेरिया, अल्जेरिया, माली, सोमालीया, लिबिया, सिरिया लगायत देशहरुमा विकेन्द्रित गरेको थियो ।

स्लामिक स्टेटले अफगान–पाकिस्तान सीमावर्ती क्षेत्र हुँदै दक्षिण एशिया, अरब सागरदेखि मध्य एशियाली देशहरु शाखा विस्तार गर्ने महत्वकांक्षा लिएको थियो । अमेरिकी गुप्तचर नियोगहरुले स्लामिक स्टेट म्यानमार, बंगलादेश र भारत छिर्न गरेका रणनीतिक योजनाहरु फेला पारेका थिए । खासगरी टर्कीमा बनेका स्लामिक स्टेटका योजनाहरु र उसका संचारमाथि गुप्तचर संस्थाहरुको घुसपैठले भारतलाई सम्पूर्ण योजनाहरु विफल पार्न मद्दत मिलेको थियो ।

उता अलकायदाआवद्ध उज्वेकिस्तानी आतंकवादी समूह स्लामिक मुभ्मेन्ट अफ उज्वेकिस्तानलाई इस्लामिक स्टेटले आफ्नो समूहमा एकता गर्दै त्यहीँबाट मध्य एशियाली क्षेत्रभरी नै विस्तार हुने र चीनको सिन्जियानसम्म फैलिने महत्वकांक्षा बोकेको थियो ।

गत सेप्टेम्बर २८ मा बंगलादेशको राजधानी ढाकाको कुटनीतिक इलाकाभित्रै इटालियन सहायता संस्थासँगआवद्ध व्यक्तिको हत्याको जिम्मेवारी लिइ बंगलादेशमा उपस्थितिको दाबी गरेको स्लामिक स्टेटले लगतै अक्टोबर ३ मा जापानी नागरिक हत्या, शिया मुस्लिमको र्‍यालीमाथिको बम हमला र प्रहरी बिटमाथिको आक्रमणको जिम्मेवारी लिएको छ । स्लामिक स्टेट बंगलादेशका स्थानीय अतिबादी समूहहरुमाथि नियन्त्रण लिँदै म्यानमारतर्फको यात्राको लक्ष्य सार्वजनिक गरेको छ ।

स्लामिक स्टेटले सन् २०१४ यता यो क्षेत्रलाई लक्षित गरी १०० भन्दा बढी भिडियो सन्देश जारी गरेको छ । हरेकजसो भिडियोमा स्लामिक स्टेटले ठूलो आक्रमणको चेतावनी दिँदै आएको छ ।

गत २०१५ जुलाई १२ मा अमेरिकी हवाई हमलामा सिरियामा रहेको खतरनाक स्लामिक स्टेट आवद्ध श्रीलंकाली लडाकु मारिएका थिए । अमेरिकाले दर्जन बढी भारतीय, बंगलादेशी र माल्दिभ्सका लडाकुलाई उच्च जोखिममा लिँदै टार्गेटेट हमला गरी मारिदिएको थियो । जसमा ६ जना सिरियामा लडिरहेका माल्दिभ्सका नागरिक थिए । माल्दिभ्सका लडाकुलाई लक्षित गर्दै अमेरिकी गुप्तचर नियोगले मार्न थालेपछि स्लामिक स्टेटले माल्दिभ्सका राष्ट्रपतिको हत्या गर्ने चेतावनी दिँदै भिडियो जारी गरेका थिए । पछि अमेरिकाले चेतावनी दिने सबै लडाकुलाई हत्या गरिदिएको थियो ।

साइबर आतंकवादलाई सबैभन्दा सशक्त ढंगबाट प्रयोग गरी पश्चिमा आधुनिक देशहरुलाई समेत हैरानी पारिरहेको यो आतंकवादी सञ्जालले जुनसुकै कुनामा बसेर यस क्षेत्रका व्यक्तिहरुलाई अतिवादको चंगुलमा फसाउनसक्ने क्षमता छ । पश्चिमा देशहरु समेत स्लामिक स्टेटको नेतृत्वभन्दा साइबर गतिविधिप्रति बढी साबधान छन् । स्लामिक स्टेटको संचार विच्छेद गराउन अमेरिकाले ठूलो प्राथमिकता राखिरहेको छ । अमेरिकाले स्लामिक स्टेटको बेलायतदेखी बंगालीसम्मको साइबरमा संलग्नको सूची तयार पारी उच्च तहलाई हत्या गर्न सफल भएपनि तल्लो र मध्य तहका जिहादीहरु अहिलेपनि सक्रिय छन् ।

स्लामिक स्टेट अहिलेपनि अनलाइनमार्फत मनावैज्ञानिक हुँदै भौतिक उपस्थितिको हुने रणनीतिमा छ । बग्दादीको पछिल्लो भिडियो पनि त्यसैको उदाहरण हो ।

स्लामिक स्टेट आधुनिक युगको अनौठो आतंकवादी संगठन हो जसले यसअघि कुनै पनि आतंकवादी सञ्जालले प्रयोग नगरेको रणनीति र कलाको प्रयोग गर्दै आफ्नो आतंकको राज विस्तार गरिरहेको छ । यसले आफ्नो विस्तारमा आर्थिक, सामाजिक, सैनिक र राजनीतिक अस्त्रको समेत प्रयोग गर्दै संसारभर फैलाउने महत्वकांक्षी लक्ष्य बोकेको छ । हाल स्लामिक स्टेट दक्षिण एशियातर्फ ध्यान केन्द्रित गरेको छ ।

स्लामिक स्टेटले सन् २०१४ यता यो क्षेत्रलाई लक्षित गरी १०० भन्दा बढी भिडियो सन्देश जारी गरेको छ । हरेकजसो भिडियोमा स्लामिक स्टेटले ठूलो आक्रमणको चेतावनी दिँदै आएको छ । दक्षिण एशियाली देशहरुमा आतंक फैलाउन हरतवरबाट उद्दत स्लामिक स्टेटको गतिविधि मध्यनजर गर्दै यस क्षेत्रका देशहरुले बदलिँदो परिवेश अनुसार नेपालले समेत सुरक्षा रणनीति तर्जुमा गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ८ : ३१ बजे

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा