विश्वकप क्रिकेट आजदेखि, उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै « Khabarhub

विश्वकप क्रिकेट आजदेखि, उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –क्रिकेटको सबैभन्दा ठ्रलो मेला क्रिकेट विश्वकप आज (बिहीबार) देखि शुरु हुँदैछ । प्रतियोगिता इङ्ग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सञ्चालन गर्ने क्रिकेट विश्वकपमा विश्व क्रिकेटका शीर्ष १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

इङ्ग्ल्यान्ड र वेल्सका गरी ११ भेन्युमा विश्वकप खेलाइनेछ । विश्वकप क्रिकेटमा पुरस्कार राशिका लागि मात्रै आईसीसीले १० मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ १ अर्ब १२ करोड ) भन्दा बढी खर्च गर्ने भएको छ ।

जसमा आईसीसीले विजेता टोलीलाई ट्रफीसहित ४ मिलिय अमेरिकी डलर प्रदान गर्ने जानकारी दिएको छ । विजेता टोलीका लागि यो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि हो । विजेता टोलीले ४ मिलियन दिँदा उपविजेता टोलीले २ मिलियन अमेरीकी डलर प्राप्त गर्नेछन् ।

पाँचौ पटक आयोजनाको जिम्मा पाएको इङेग्ल्यान्डलाई विश्वकप ट्रफी उचाल्ने दावी बुधबार मात्रै एक अध्ययनले देखाएको छ । तर, विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाका खेलाडीहरुले विश्वकप वार्म अपमा देखाएको फर्मलाई हेर्ने हो भने छैठौं पटक उपवाधि हात पार्ने देखिन्छ ।

यस्तै, विराट कोहलीको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोलीलाई पनि विश्वकप जित्ने दाबेदार टोलीका रुपमा हेरिएको छ भने दक्षिण अफ्रिकाले पनि आफ्नो सुधारीएको प्रदर्शन गर्ने कतिपयले अनुमान लगाएका छन् ।

उद्घाटन खेलमा आयोजक इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै छन् । पहिलो खेल जित्दै दुवै टोली विश्वकपमा आफ्नो सुखद् शुरुआतको खोजिमा छन् ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ६ : ५५ बजे

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ