विश्वकप क्रिकेट आजदेखि, उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै « Khabarhub

विश्वकप क्रिकेट आजदेखि, उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –क्रिकेटको सबैभन्दा ठ्रलो मेला क्रिकेट विश्वकप आज (बिहीबार) देखि शुरु हुँदैछ । प्रतियोगिता इङ्ग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सञ्चालन गर्ने क्रिकेट विश्वकपमा विश्व क्रिकेटका शीर्ष १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

इङ्ग्ल्यान्ड र वेल्सका गरी ११ भेन्युमा विश्वकप खेलाइनेछ । विश्वकप क्रिकेटमा पुरस्कार राशिका लागि मात्रै आईसीसीले १० मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ १ अर्ब १२ करोड ) भन्दा बढी खर्च गर्ने भएको छ ।

जसमा आईसीसीले विजेता टोलीलाई ट्रफीसहित ४ मिलिय अमेरिकी डलर प्रदान गर्ने जानकारी दिएको छ । विजेता टोलीका लागि यो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि हो । विजेता टोलीले ४ मिलियन दिँदा उपविजेता टोलीले २ मिलियन अमेरीकी डलर प्राप्त गर्नेछन् ।

पाँचौ पटक आयोजनाको जिम्मा पाएको इङेग्ल्यान्डलाई विश्वकप ट्रफी उचाल्ने दावी बुधबार मात्रै एक अध्ययनले देखाएको छ । तर, विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाका खेलाडीहरुले विश्वकप वार्म अपमा देखाएको फर्मलाई हेर्ने हो भने छैठौं पटक उपवाधि हात पार्ने देखिन्छ ।

यस्तै, विराट कोहलीको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोलीलाई पनि विश्वकप जित्ने दाबेदार टोलीका रुपमा हेरिएको छ भने दक्षिण अफ्रिकाले पनि आफ्नो सुधारीएको प्रदर्शन गर्ने कतिपयले अनुमान लगाएका छन् ।

उद्घाटन खेलमा आयोजक इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै छन् । पहिलो खेल जित्दै दुवै टोली विश्वकपमा आफ्नो सुखद् शुरुआतको खोजिमा छन् ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ६ : ५५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा