आज पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने « Khabarhub

आज पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आज देशभरको मौसममा सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमानशाखाका अनुसार पूर्व, मध्य र पश्चिच क्षेत्रका पहाडी भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । महाशाखाले ३ दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मेघ गर्जनसहितको वर्षा हुने जानकारी दिएको हो ।

हिजो (बुधबार) एक्कासी आएको पानीले काठमाडौं उपत्यकाका सडकमा एकएक पानी भरिएको थियो ।

यस्तो छ ३ दिनको मौसमबारे पूर्वानुमान

जेठ १६ गते (बिहीबार):

दिउँसो: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदलि, मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ १७ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदलि, पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिक देखि सामान्य बदलि, मध्य तराईका भु-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ १८ गते (शनिबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागहरुमा सामान्य बदलि रही बाँकिभू-भागहरुमा आंशिक बदलि रहने रहनेछ । पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिकदेखि सामान्य बदलि, बाँकी भूभागमा आंशिक वदली रहने छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ७ : २४ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर