नेकपाद्वारा रंगशालाको बार भत्काउने कँडेल पार्टीबाट निलम्बित, कडा कारवाहीको माग « Khabarhub

नेकपाद्वारा रंगशालाको बार भत्काउने कँडेल पार्टीबाट निलम्बित, कडा कारवाहीको माग


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कम्पाउण्डमा डोजर लगाई भत्काउने कार्यमा संलग्नहरुलाई कडा कारवाही गर्न नेकपाको चितवन कमिटीले सरकारसँग आग्रह गरेको छ ।

विहीवार एक विज्ञप्ति जारी गर्दै चितवन नेकपाले भरतपुर महानगरपालिकामा बनिरहेको रंगशालामा केही उदण्ड व्यक्तिले डोजर लगाइ भत्काएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘स्थानीय प्रकाश कँडेल, भैरव बस्ताकोटी लगायतका उदण्ड व्यक्तिहरुबाट भएको यो दुस्कार्यप्रति हाम्रो पार्टी नेकपा चितवन गम्भीर दुःख प्रकट गर्दछ । दोषीउपर कानूनी कारवाही अगाडि बढाई क्षतिपूर्ति भराउनसमेत राज्यसँग माग गर्दछ’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्माणकै चरणमा विकासको बाधक बन्न खोज्ने प्रवृत्तिप्रति खेद व्यक्त गर्दै नेकपा चितवनले उक्त घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारवाही गरेको छ भने अर्का पार्टी सदस्य भैरव बास्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी विज्ञप्ति मार्फत जनाएको छ ।

उसले यस्ता घटनाबाट विचलित नहुन धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गरेको छ ।

बुधबार प्रकाश कँडेलसहितका स्थानीयले निर्माणाधीन रंगशालाको सुरक्षाका लागि बनाइएको जस्ताको बारमा डोजर लगाइ भत्काएका थिए । यस्तो कामबाट आफू निकै दुखी भएको फाउण्डेशनका अध्यक्ष सितारम कट्टेलले जनाएका थिए ।

बार भत्काउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले कँडेलसहित १७ जनालाई नियन्त्रणमा लिएको छ । उता फाउण्डेशनले भने कामगर्ने वातावरण नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालका लागि रोकेको जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १२ : २७ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको