नेकपाद्वारा रंगशालाको बार भत्काउने कँडेल पार्टीबाट निलम्बित, कडा कारवाहीको माग « Khabarhub

नेकपाद्वारा रंगशालाको बार भत्काउने कँडेल पार्टीबाट निलम्बित, कडा कारवाहीको माग


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कम्पाउण्डमा डोजर लगाई भत्काउने कार्यमा संलग्नहरुलाई कडा कारवाही गर्न नेकपाको चितवन कमिटीले सरकारसँग आग्रह गरेको छ ।

विहीवार एक विज्ञप्ति जारी गर्दै चितवन नेकपाले भरतपुर महानगरपालिकामा बनिरहेको रंगशालामा केही उदण्ड व्यक्तिले डोजर लगाइ भत्काएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘स्थानीय प्रकाश कँडेल, भैरव बस्ताकोटी लगायतका उदण्ड व्यक्तिहरुबाट भएको यो दुस्कार्यप्रति हाम्रो पार्टी नेकपा चितवन गम्भीर दुःख प्रकट गर्दछ । दोषीउपर कानूनी कारवाही अगाडि बढाई क्षतिपूर्ति भराउनसमेत राज्यसँग माग गर्दछ’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्माणकै चरणमा विकासको बाधक बन्न खोज्ने प्रवृत्तिप्रति खेद व्यक्त गर्दै नेकपा चितवनले उक्त घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारवाही गरेको छ भने अर्का पार्टी सदस्य भैरव बास्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी विज्ञप्ति मार्फत जनाएको छ ।

उसले यस्ता घटनाबाट विचलित नहुन धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गरेको छ ।

बुधबार प्रकाश कँडेलसहितका स्थानीयले निर्माणाधीन रंगशालाको सुरक्षाका लागि बनाइएको जस्ताको बारमा डोजर लगाइ भत्काएका थिए । यस्तो कामबाट आफू निकै दुखी भएको फाउण्डेशनका अध्यक्ष सितारम कट्टेलले जनाएका थिए ।

बार भत्काउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले कँडेलसहित १७ जनालाई नियन्त्रणमा लिएको छ । उता फाउण्डेशनले भने कामगर्ने वातावरण नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालका लागि रोकेको जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १२ : २७ बजे

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले भने- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता