महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैनः प्रधानमन्त्री « Khabarhub

महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैनः प्रधानमन्त्री


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विहीबार आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’मा उनले महिलालाई हेला होइन समान अवसर दिनुपर्ने धारणा राखे ।

उनले महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैन भन्दै त्यसका लागि समान अवसर जरुरी रहेको बताए । उनले कार्यकारी तहमा महिलालाई पुर्‍याउन राज्यको नीति रहेको हुँदा अब महिलाले अवसर पाउने बताए ।  स्थानीय तहमा महिला उपाध्यक्ष धेरै रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,‘अब माथिकै तरिकाले राष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष जसरी सच्याउँदै ल्याउनुपर्छ ।’

संघमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुलाई पनि उपलब्धिका रुपमा लिनुपर्नेमा उनले जोड दिए ।
सरकारमा महिलाको उपस्थिति कमजोर भए पनि संसद् र संसदीय सभापतिमा महिलाको सहभागिता राम्रो रहेको स्मरण गरे । अहिले देशमा महिला साहित्य, चेतना, राजनीतिक परिवर्तनमा समेत अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनका निमित्त योगमायाले गरेको योगदान भुल्न नहुने उल्लेख गरे ।

महिलाको अधिकारको प्रस्ताव पारित भएको दिनको सम्झनामा सरकारले यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन शुरु गरेको हो । ‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ यस वर्षको नारा तय गरिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ३ : ५२ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग