एउटै लाइसेन्स बनाएको ३० हजार घुस ! | Khabarhub Khabarhub

एउटै लाइसेन्स बनाएको ३० हजार घुस !


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको ३० हजार रुपैयाँ घुस लिने १ कर्मचारी र २ जना लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत नायव सुब्बा बद्रिप्रसाद दाहाल तथा लेखापढी व्यवसायीहरु रोशनकुरमा रौनियार र सुनिल कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको टोलीले केही दिन अगाडि लेखापढी व्यवसायी रौनियार र यादवलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

रौनियार र यादवको बयानका आधारमा यातायात कार्यालयको नायब सुब्बा बद्रिप्रसाद दाहालविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको अनुसन्धान अनुसार उनीहरुले स्काभेटरको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस मागेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ६ : १९ बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार