बारबर्दियामा २९ सयमा सिकलसेल एनिमिया पुष्टि : निर्मूल हुँदैन, नियन्त्रण मात्रै सम्भव « Khabarhub

बारबर्दियामा २९ सयमा सिकलसेल एनिमिया पुष्टि : निर्मूल हुँदैन, नियन्त्रण मात्रै सम्भव


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बर्दियाको बारबर्दिया नगरपालिकामा थारू समुदायका दुई हजार नौ सय व्यक्तिमा सिकलसेल एनिमियाको संक्रमण पुष्टि भएको छ। २५ हजारको नमुना संकलन गर्दा दुई हजार नौ सयमा सिकलसेल एनिमिया पुष्टि भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए। परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानमा यस्तो तथ्यांक आएको उनले बताएको नयाँ पत्रिकामा खबर छ । ।

नेपालमा थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो। रगतको कोषिकामा हुने क्रोमोजोम र जिनमा खराबी आए यो रोग लाग्छ। सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुुगत रोग हो। डा. झाका अनुसार आमाबाबु दुवैमा यो रोग भए सन्तानमा पनि सर्छ। पछिल्लो अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ।

एक वर्षदेखि ३९ वर्ष उमेर समूहमा यसको परीक्षण गरिएको थियो। सबै नमुना वीर अस्पतालमा परीक्षण गरिएको हो। स्वास्थ्य मन्त्रालयको निर्देशनमा अनुसन्धान गरेको परिषद्ले एक हप्ताभित्र रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ।

सहनै नसक्ने गरी शरीरका अंग दुख्नु, कलेजो ठूलो हुनु, रगतको कोषिका जहाँ छ त्यहीँ रोग लाग्नु, वाकवाक लाग्नु, जन्डिस हुनु, अत्यधिक ज्वरो र झाडापखाला हुनु, पक्षघात हुनु, मुटुको समस्या र रक्तअल्पता यसका लक्षण हुन् ।

सिकलसेल एनिमिया वंशाणुगत रोग भएकाले उपचारका माध्यमबाट निर्मूल पार्न सकिँदैन। यो रोग नियन्त्रण गर्न मात्रै सकिने डा. ठाकुर नीलम ठाकुरले बताइन्। सरकारले यो रोगका बिरामीलाई एक लाखको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। रोगको परीक्षण विभिन्न अस्पतालमा हुने गरे पनि उपचारमा सुविधाको व्यवस्था वीर अस्पतालमा मात्रै गरेको छ।

हालसम्म थारू समुदायमा सिकलसेल एनिमिया देखिएको छ। तर, वीर अस्पतालकी वंशाणुगत रोगविशेषज्ञ डा. नीलम ठाकुरले थारूबाहेक समुदायका व्यक्तिमा पनि देखा पर्न सक्ने बताइन्। ‘थारूले थारूसँग नै विवाह गर्छन्। यसकारण बाबुआमा नै संक्रमितबाट जन्मिने बच्चामा रोग देखिन्छ,’ उनले भनिन्, ‘उनीहरू स्वास्थ्यबारे ध्यान दिँदैनन्। बच्चाहरू बिरामी हुन्छन्, तर के रोग लागेको भन्नेबारे जानकारी राख्दैनन्। यसकारण मृत्युदर बढी हुन्छ।’

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ४८ बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका