वार्षिक २२ अर्बको धान आयात, उत्पादन बढाउने योजना | Khabarhub Khabarhub

वार्षिक २२ अर्बको धान आयात, उत्पादन बढाउने योजना


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती नै हो। ७५ प्रतिशत नेपाली कृषि पेशा आश्रित छन्। ‘मुठी खाएर मुरी उब्जाउने’ असार महिनालाई मानिन्छ। नेपाली परम्पराअनुसार असार १५ गतेलाई दहीचाउरा खाएर धान रोपाइँ गर्ने दिनका रुपमा लिने चलन छ। सोही अनुसार सरकारले असार १५ गतेलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ।

मध्य गर्मीको युवा लाठे र युवती रोपाहारले खेतका गह्राको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खाएर असार १५ मनाउँछन्। दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन्।

सरकारले २०७६ सालको धान दिवस तथा रोपाइँ दिवसको मुल कार्यक्रम बर्दियामा गर्ने तय गरेको छ। कृषि विभाग अर्न्तगत गठित १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिले यसवर्षको धान दिवस बर्दियामा मनाउन लागेको जनाएको छ। सरकारले विभिन्न कार्यक्रम गरेर धान दिवस मनाएपनि धान दिवस कृषक मैत्री हुन सकेको छैन।

सरकारले विगत बर्षभन्दा यो वर्ष धेरै धान उत्पादन गर्ने लक्ष्य लिएको कृषि मन्त्रालयका प्रवक्ता चन्द्र जोशीले जानकारी दिएका छन्। सरकारले नेपाललाई धानमा निर्भर बनाउन योजना लिइको छ।

उत्पादनको ५५ प्रतिशत हिस्सा धानको

कुल ग्राहस्थ उत्पादनको २७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्‍याएको कृषि विभागले बताउदै आएको छ। कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान खेती हुने विभागले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख ९१ हजार हेक्टरमा खेती भइ ५६ लाख १० मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय किलोग्राम प्रति हेक्टर रहेको थियो। कृषि मन्त्रालयको आव २०६०/०६१ देखि २०७५/०७६ सम्म को तंथ्याक हेर्दा धान उत्पादन वार्षिक रुपमा घटिरहेको छ।

नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसमै निर्भर भएको देखिन्छ। जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको र मौसम प्रतिकूल भएका बखत उत्पादन घटेको देखिन्छ। नेपालको कतिपय भुभागमा अझ पनि आकाशे पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्था छ। नेपालमा वार्षिक रुपमा १० प्रतिशतले धान उत्पादन घटदै गएको कृषि मन्त्रालयले जनाएको छ।

वार्षिक २२ अर्बको आयात

नेपालमा वार्षिक रूपमा करिब ६० लाख मेट्रिन टन धान खपत गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ। त्यसमध्ये गत वर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन भयो भने बाँकी करिब १० लाख मेट्रिक टन धान अन्य मुलुकबाट आयात भएको सरकारी तंथ्याकमा छ। नेवालमा वार्षिक २२ अर्ब रुपियाँ भन्दा बढी रकमको धान अन्य देशबाट आयात हुने गरेको पाइन्छ। नेपालमा धेरै धान उत्पादन भएपनि विदेशीबाट आयात गरेर धान पुराउनु अवस्था सरकारसँग छ। नेपालमा भारत, चीन र अन्य देशबाट धान आयात हुँर्दै आएको छ।

संसारको आधा जनसख्याको मुख्य खाना भात हो। एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत हुने गरेको छ। विश्वमा सबैभन्दा धेरै धान उत्पादन हुने देशभित्र चीन पर्छ।

नेपालमा ८६ प्रकारको धान खेती

नेपालमा चैते, भदैया, वर्षे, हिउँदे (बोरो) गरी वर्षै भरी तराईंमा धान खेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ। नेपालमा धेरै कृषक धान खेतीमा निर्भर छन्। विश्वका ७८ भन्दाबढी देशमा ८ सय ६४ थरीका धानका बीउ सिफारिस भएका छन्। नेपालमा ८६ उन्नत र सात रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ गरिन्छ। नेपालमा विगतदेखि तंथ्याकलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक देखिन्छ। धान उत्पादन र सिचाइँमा सरकारले ध्यान दिएको छैन। जसका कारण धान उत्पादन सन्तोषजनक नभएको हो।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : १२ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले