पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने « Khabarhub

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय सम्म बन्द रहेको प्याराग्लाईडिङ्ग खेल अब भने सुरु हुने भएको छ ।

साहसिक  र मनोरञ्जनका लागी उडाइने प्याराग्लाईडिङ्ग पछिल्लो समय आन्तरिक तथा बाहिय पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस अघि हरेक दिन १ हजारदेखि १२ सय जना सम्मले उड्ने गरेको प्याराग्लाईडिङ्ग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै बन्द भएको थियो ।

मौसममा परिवर्तन आउने र यस क्षेत्र बाट देखिने अन्नपूर्ण , माछापुच्छ्रे हिमाल लगायत पर्यटकीय स्थलहरू घुम्नका लागी  स्वदेशी तथा विदेशी पाहुनाको पोखरा आउने क्रम बढ्दै जान थालेका छन् ।

पोखरा पुगेका पर्यटकको पहिलो रोजाई प्याराग्लाईडिङ्ग पर्ने हुँदा नेपाल नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा यही चैत्र ५ गते देखी ७ गते सम्म २१ औँ नेपाल खुल्ला पुरुष तथा महिला प्याराग्लाईडिङ च्याम्पियनसिप हुने नेपाल नेपाल हवाई खेलकुद संस्थाले जानकारी गराएको छ ।

प्रतियोगितामा सहभागीताका लागी हालसम्म स्वदेशी र विदेशी गरी ९० जनाले नाम दर्ता गरी सकेका छन् ।

प्रतियोगितामा पुरुष तर्फ पहिलो , दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार , १ लाख र ५० हजार नगद सहित  मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्  भने महिला तर्फ क्रमशः ७५ हजार ५० हजार र २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गने आयोजकले जनाएका छन् ।

लामो समयको बन्दका कारण पोखरा क्षेत्रमा दर्ता भएका विभिन्न ६० वटा प्याराग्लाईडिङ्ग कम्पनीमा कार्यरत ३ सय ५० पाइलटहरू बेरोजगार रहेका थिए भने प्याराग्लाईडिङ्ग लगायत पर्यटन क्षेत्र धराशायी बनेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : ३२ बजे

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी