'मेरै कार्यकालमा देशलाई नयाँ बनाउँछु' | Khabarhub Khabarhub

‘मेरै कार्यकालमा देशलाई नयाँ बनाउँछु’


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा देशलाई नयाँ स्वरुप दिने बताएका छन् । श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

सरकारले रोजगारीको उचित व्यवस्थापन गर्दै अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार समस्याको समाधानका लागि सरकार दृढ भएर लागेको बताए ।

उनले विदेशी साझेदार संस्थाहरुले पनि नेपालमा रोजगारीको सिर्जना गर्न सहयोग गर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘सरकारले बेरोजगार समस्याको समाधान गर्छ । त्यसका लागि हामी लागि परेका छौं । नेपालको विकासका लागि विदेशी सहयोग पनि आउने छ । यी सबै कुरालाई हामीले उचित व्यवस्थापन गर्दैं अघि बढिरहेका छौं ।’

उनले कसैलाई होच्याएर कोही अघि बढ्न नसक्ने भन्दै सबै मिलेर हिँड्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगार सिर्जनाका लागि चालेको कदम पूरा हुने दाबी गरे । उनले लक्ष्य अनुसार पाँच वर्षको अवधिमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिने भन्दै अर्को वर्ष पाँच लाख युवालाई रोजगारमा सहभागी गराउने काममा मन्त्रालय दृढताका साथ लागि परेको बताए ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले भने सरकारले रोजगार कार्यक्रमका विषयमा गरेको चर्चा जस्तो प्रगति नभएको आरोप लगाए । उनले झ्याली पिटेर रोजगारी सिर्जना नहुने भन्दै आन्तरिक श्रम बजारलाई बलियो बनाउने दिशामा मन्त्रालय लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : ३१ बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार