सेफ्टीट्यांकीमा निसास्सिएका ४ जनाको बेलैमा उपचार नभएको परिवारको आरोप « Khabarhub

सेफ्टीट्यांकीमा निसास्सिएका ४ जनाको बेलैमा उपचार नभएको परिवारको आरोप


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङमा सेफ्टीट्यांकी निर्माणको क्रममा मृत्यु भएका ४ जनाको अन्तेष्टि गरिएको छ ।

शनिबार मोरङको सुनवर्सी नगरपालिका ९ मा रहेको एक मस्जितको निर्माणधिन शौचालयको सेफ्टीट्यांकीभित्र निस्सासिएर मृत्यु भएका ४ जनाकै आज अन्तिम दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

मृत्यु हुनेमा सुनवर्सी नगरपालिका ९ का ५० वर्षीया मोहम्मद कपिल मियाँ, ३० वर्षीया सहनवज आलम, २० वर्षीया वसिक आलम र २५ वर्षीया फिरोज आलम रहेका छन् ।

सुनवर्सी नगरपालिकामा रहेको एक मस्जिदमा बनाइँदै गरेको शौचालयको सेफ्टीट्यांकीको फर्मा खोल्नेक्रममा सेफ्टीट्यांकीभित्र अक्सिजन कम हुँदा उनीहरु वेहोस् भएका थिए । प्रहरीका अनुसार शुरुमा सेफ्टीट्यांकीभित्र पसेका दुईजना वेहोस् भएपछि उनीहरुलाई उद्धार गर्ने क्रममा सेफ्टीट्यांकीभित्र पस्दा अन्य दुईजनाको पनि मृत्यु भएको हो ।

सेफ्टीट्यांकीभित्रै वेहोस् भएपनि स्थानीय र प्रहरीले उनीहरुलाई रंगेली अस्पताल लगेका थिए । तर रंगेली अस्पतालमा चिकित्सक नभएपछि उनीहरुलाई विराट अस्पतालमा लगिएको थियो । विराट अस्पतालका चिकित्सकहरुले चेकजाँच गर्दा उनीहरुको मृत्यु भइसकेको जनाएको प्रहरीको भनाइ छ ।

मृतकका आफन्तले भने रंगेली अस्पतालमा चिकित्सक नहुँदा नर्सहरुले बिरामीलाई अलमलाएर राखेको र समयमै उपचार नभएर चार जनाको मृत्यु भएको आरोप लगाएका छन् ।  मृतकका आफन्तहरुले रंगेली अस्पताल तोडफोडको प्रयास समेत गरको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

एकै गाउँका ४ जनाको मृत्यु भएपछि मोरङको सुनवर्सी नगरपालिका अहिले शोकमा डुवेको छ । नगरपालिकाले उक्त घटनाप्रति शोक व्यक्ति गर्दै आज ( आइतबार) सुनवर्सी नगरपालिकाका सम्र्पुण शैक्षिक संस्था वडा कार्यलयहरु बन्द गरेको छ । घटनामा परि घाइते भएका अन्य तीन जना भने अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ५६ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न