सेफ्टीट्यांकीमा निसास्सिएका ४ जनाको बेलैमा उपचार नभएको परिवारको आरोप « Khabarhub

सेफ्टीट्यांकीमा निसास्सिएका ४ जनाको बेलैमा उपचार नभएको परिवारको आरोप


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङमा सेफ्टीट्यांकी निर्माणको क्रममा मृत्यु भएका ४ जनाको अन्तेष्टि गरिएको छ ।

शनिबार मोरङको सुनवर्सी नगरपालिका ९ मा रहेको एक मस्जितको निर्माणधिन शौचालयको सेफ्टीट्यांकीभित्र निस्सासिएर मृत्यु भएका ४ जनाकै आज अन्तिम दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

मृत्यु हुनेमा सुनवर्सी नगरपालिका ९ का ५० वर्षीया मोहम्मद कपिल मियाँ, ३० वर्षीया सहनवज आलम, २० वर्षीया वसिक आलम र २५ वर्षीया फिरोज आलम रहेका छन् ।

सुनवर्सी नगरपालिकामा रहेको एक मस्जिदमा बनाइँदै गरेको शौचालयको सेफ्टीट्यांकीको फर्मा खोल्नेक्रममा सेफ्टीट्यांकीभित्र अक्सिजन कम हुँदा उनीहरु वेहोस् भएका थिए । प्रहरीका अनुसार शुरुमा सेफ्टीट्यांकीभित्र पसेका दुईजना वेहोस् भएपछि उनीहरुलाई उद्धार गर्ने क्रममा सेफ्टीट्यांकीभित्र पस्दा अन्य दुईजनाको पनि मृत्यु भएको हो ।

सेफ्टीट्यांकीभित्रै वेहोस् भएपनि स्थानीय र प्रहरीले उनीहरुलाई रंगेली अस्पताल लगेका थिए । तर रंगेली अस्पतालमा चिकित्सक नभएपछि उनीहरुलाई विराट अस्पतालमा लगिएको थियो । विराट अस्पतालका चिकित्सकहरुले चेकजाँच गर्दा उनीहरुको मृत्यु भइसकेको जनाएको प्रहरीको भनाइ छ ।

मृतकका आफन्तले भने रंगेली अस्पतालमा चिकित्सक नहुँदा नर्सहरुले बिरामीलाई अलमलाएर राखेको र समयमै उपचार नभएर चार जनाको मृत्यु भएको आरोप लगाएका छन् ।  मृतकका आफन्तहरुले रंगेली अस्पताल तोडफोडको प्रयास समेत गरको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

एकै गाउँका ४ जनाको मृत्यु भएपछि मोरङको सुनवर्सी नगरपालिका अहिले शोकमा डुवेको छ । नगरपालिकाले उक्त घटनाप्रति शोक व्यक्ति गर्दै आज ( आइतबार) सुनवर्सी नगरपालिकाका सम्र्पुण शैक्षिक संस्था वडा कार्यलयहरु बन्द गरेको छ । घटनामा परि घाइते भएका अन्य तीन जना भने अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ५६ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा