कृष्णभीरमा बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ३० घाइते « Khabarhub

कृष्णभीरमा बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ३० घाइते


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको वेनिघाट रोराङ गाउँपालिका – ७ कृष्णभीरमा यात्रु बस र दुईवटा माइक्रोबस एक आवसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ ।

काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बर र बा २ ख ४५६७ नम्बरको दुई वटा माइक्रो एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा धादिङ महादेवस्थानका २७ वर्षीषा श्याम कुमार श्रेष्ठ रहेका छन् भने अर्की एक महिला मृतकको पहिचार खुलेको छैन । दुवैको शव गजुरी अस्पतालमा रहेको छ ।

दुर्घटनामा परि बस तथा माइक्रोमा सवार अन्य ३० जना यात्रु घाइते भएका छन् ।   घाइतेहरुको राजमार्ग अस्पतालमा सामान्य उपचारपछि १८ जनालाई थप उपचारको लागि काठमाडौं, ७ जनालाई गजुरी अस्पताल,२ जनाको चरौदी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

दुर्घटनामा परि सामान्य घाइते भएका ३ जना भने डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ५० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ