‘प्रेम गीत ३’ की नायिकामा छानिइन् क्रिष्टिना (फोटो फिचर) | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ की नायिकामा छानिइन् क्रिष्टिना (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ मा क्रिष्टिना गुरुङ ‘गीत’ को भूमिकाका लागि छानिएकी छिन् । निर्माण टिमले झण्डै एक महिना लगाएर फिल्मको शीर्ष अभिनेत्री चयन गरेको हो ।

निर्माण टिमको दाबीअनुसार फिल्ममा नायिकाको आह्वान गरेसँगै २ हजार ७ सय १४ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । निर्माण टिमले तीमध्येबाट उत्कृष्ट २५ छानेको थियो । उत्कृष्ट २५ को अडिसन लिएर तीमध्येबाट उत्कृष्ट ५ चयन गरिएको थियो ।

सबै प्रतिस्पर्धीलाई उछिन्दै क्रिष्टिना छनोटमा परेकी हुन् । उनी अडिसनमै सहभागी हुन अमेरिकाबाट नेपाल आएकी थिइन् ।

निर्देशकद्वय छेतेन गुरुङ र सन्तोष सेनले सबै प्रतिस्पर्धी उत्तिकै प्रभावशाली भएको भन्दै अडिसनमा भाग लिने सबैलाई धन्यवाद दिएका छन् ।

यसअघि नै फिल्ममा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, प्रदीप खड्का, अनुभव रेग्मी लगायतका कलाकार अनुबन्ध भइसकेका छन् ।

चलचित्र यसै वर्षको चैत्र २८ गते रिलिज हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : २२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका